भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन

  • भदौ १५, २०७७ | ८३० पटक पढिएको | सीमा संदेश
alt

सिरहा । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको सोमबार ८४ वर्षको उमेरमा निधन भएको छ । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितसमेत बनेका मुखर्जीको सोमबार नयाँ दिल्लीस्थित आर्मी आरआर अस्पतालमा निधन भएको हो । सोही अस्पतालमा उनले मस्तिष्कको सर्जरी पनि गरिएको थियो ।

गत मंगलबारदेखि नै मुखर्जीको स्वास्थ्यअवस्था कमजोर बन्दै गएको थियो । मंगलबार रात उनलाई भेन्टिलेटरको सहायतामा राखिएको थियो । उनका छोरा अभिजित मुखर्जीले सामाजिक सञ्जाल ट्विटरमार्फत् उनको निधन भएको पुष्टि गरेका हुन् ।

उनी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति थिए । उनी सन् २००९ देखि २०१२ सम्म रक्षामन्त्री र सन् २००४ देखि २००६ सम्म विदेशमन्त्री थिए ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब