सिरहा । सिरहामा जनता आवास कार्याक्रम अन्तर्गत निमुखा दालित समुदाय माथि विभिन्न शैलिमा अत्यचार भईरहेको घटना बाहिर आएको छ । सिरहाको सुखिपुर नगरपालिका वडा नं. ४ कविलासी गाउँमा २०७२।०७३ मा संचालन भएको २० घर परिवारको लागि जनता आवस कार्याक्रममा दलित समुदायको संमलग्नतामा नै दलित परिवारलाई शोषण तथा अत्याचार भईरहेको छ ।
जनता आवास कार्याक्रम अन्तर्गत २० घर परिवारका लागि आएको कार्याक्रम पाँच वर्षमा १० वटा घर मात्र पूर्ण निर्माण भएको छ । घर निर्माणका लागि आएको प्रत्येक परिवारका लागि २ लाख १५ हजार बजेटको बारेमा कसैलाई थाहा पनि दिइएको छैन । बिजय पासमान उभोत्ता समिति अध्यक्ष रहेको १० वटा घर शौउचलयसहित निर्माण कार्य सम्पन भएको छ । तर त्यही ठाउँमा उभोत्ता समिति अध्यक्ष रहेको राजे भन्ने राज कुमार पासमानले पाँच वर्षमा शौचालयसहितको घर निर्माण गर्न सकेको छैन । निमार्ण कार्य अधुरा रहेको दलित घर परिवारहरुलाई उभोत्ता समितिको अध्यक्ष राज कुमार पासमानले पटक– पटक निर्माण पूर्ण गरि दिनु छु भन्दै, नगद ठगी गरिरहेको छ । अधुरा घरमा निर्माण कार्यका केही गरे वापत पैसा उठाउने र नदिईए कुटपिट पनि गर्ने गरेको अमिन पासमानले बताउनु भयो ।
जनता आवस कार्याक्रममा ईस्टीमेट बाहेक कुनै पनि रकम तिर्नु नपर्ने भएपनि उभोत्ता समितिको अध्यक्षले लेवर, झ्याल ढोका र चदरा वापत पैसा लिईरहेको रवि पासमानले बताउनु भयो । लेवर वापतको रु. ७ हजार पैसा तिर्न नसकेको श्याम कुमारी पासमान र उनको दुई छोरालाई निर्घत रुपमा भदौ ७ गते कुटपिट गरेको थियो । त्यस्तै लेवर र झ्याल ढोकाको पैसा नतिरेको भन्दै साम देव पासमानको भैसी उभोत्ता समिति अध्यक्षले लगेपछि २९ हजार तेरेको थियो ।
जनता आवास कार्याक्रम सुरु हुने बेलामा पनि १० हाजर उठायो । निर्माण कार्या सुरु गरे लगतै विभ्न्नि रकम तिर्नु पर्छ भन्दै दलित घरपरिवारहरुलाई दबाब श्रृजना गरी पटक– पटक रकम उठायो । यस बारेमा कार्याक्रम इन्जिनियरलाई भन्नदा तिर्नु पर्छ भनेपछि घरवार बिहीन दलित परिवार तिर्न बाध्य भएको संतोष यादबले बताउनु भयो । निर्घत रुपमा कुटिएकी श्याम कुमारी पासमानलाई न्याय दिलाउन कसैको सहयोग नभएपछि आफ्नै घरमा छटपटिएको आवस्थमा रहेकी छिन। । जनता आवास दलितका लागि शर नभई अत्यचार भएको छ ।

Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved