धान खेतमा पानी लगाउने विषयमा बिवाद हुदाँ ३ प्रहरी सहित दर्जनौं घाइते

  • भदौ २०, २०७७ | ५५० पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर-१ कचनारी गाउँमा धान खेतमा पानी लगाउने विषय लिएर बिवाद सुरु भएपछि उग्ररु लिदाँँ ३ प्रहरी सहित दर्जनौं ब्यक्ती घाइते भएका छन् ।

शुक्रबार राती करीब ९ बजे तिर रामनाथ यादव र बिजय यादवको पक्ष बिच धान लगाउन विषयमा  झणडा भएका थिए। स्थानीय अजय यादवको खेतमा रहेको बोडिङमा विद्युतबाट चल्ने पानी तान्ने मोटरबाट पानी धान खेतमा  म पहिला हाल्छु त, म पहिला हाल्छु – भन्दै बिवाद उग्ररूप लिए पछि झगडा भएको थियो ।

मोटर ,बोडीङ  र जग्गा अजय चौधरीको निजि हुन् । पुरानो रिसिबीको कारणले उक्त झगडा भएको स्थानीयहरुले बताए । धान खेतमा पानी लगाउने विषय  एउटा् बहाना र झगडा गर्ने न्युह मात्र भएको उनीहरुले बताए । 

झडपमा घाइते हुनेहरुमा दिनेश कुमार यादव भगत को १० टाका लगेको छ भने श्याम कुमार भगतलाई ४ वटा टाका र मिथिलेश यादव लाई ३ वटा टाका लागेको छ् । घाइतेलाई सिरहा सदरमुकायमको सरकारी अस्पतालमा उपचार गराएको पीडितले बताए । 

यता १० जनाको एक समुहले राज कुमार यादवको श्रीमती स्वस्तिका कुमारी गिरी यादवलाई घरमा गई बोक्सीको आरोप लगाई निर्घात कुटपिट गरेको पीडितले बताए । उक्त घटनामा शान्ति सुरक्षाको लागि प्रहरी चौधरी कचनारीबाट खटिएको नेपाल प्रहरीको दुई जना जवान र बोडर चेक पोस्ट कचनारीमा खटिएको सशस्त्र प्रहरीका ईन्स्पेकटर सुर्य धमला लाई बयाँ पाखुरामा गहिरो चोट लागेको धमलाले बताए ।

 नेपाल प्रहरीमा घाइते जवानको नाउँ गोप्य रहेको छ। उक्त घटनाको आरोपमा एक जना युवालाई ईलाका प्रहरी कार्यालय लक्ष्मीपुरपतारीको थुनुवा गृहमा राखिएको छ् । उक्त घटना छानबिनको लागी युवालाई पक्राउ गरि छानबिन भई रहेको ईन्स्पेकटर अरबिन साहले बताए ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब