दलित माथि भईरहेको अत्याचार विषयमा ‘UN जेनेभा’’सम्मको ध्यानाकर्षण गराए राउत

  • भदौ २२, २०७७ | ६५१ पटक पढिएको | सीमा संदेश
alt

जनमत पार्टीका अध्यक्ष डा. सीके राउत दलितको पक्षमा उभिएका छन् । उनले दलितमाथि श्रृंखलाबद्ध हत्या र बलात्कार भइरहेको भन्दै गृह मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग र जेनेभास्थित संयुक्त राष्ट्र मानव अधिकार उच्चायुक्तलाई आईतवार ध्यानाकर्षण पत्र पठाएका हुन् ।

विगतका केही महिनाहरूमा मात्रै भएका प्रतिनिधि घटनाहरूको प्रकृति हेर्दा दलितहरूको हत्यामा सत्ताधारी पार्टीका स्थानीय जनप्रतिनिधि, तिनका नातेदार र निकट कार्यकर्ताहरूको संलग्नता रहेको राउतले दावी गरेका छन् ।

उनले ध्यानाकर्षण पत्रमा लेखेका छन्, ‘दोषीहरूलाई स्थानीय, प्रदेश र संघीय सरकारको संरक्षण प्राप्त भई प्रायस् छानबीन र मुद्दा दर्ता समेत हुन नसकेको, ध्यानाकर्षण गराउन प्रदर्शन गर्दा उल्टा जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार र संघीय सरकारले अत्यधिक बल प्रयोग गरी दमन गरेको, तथा सत्ताधारी पार्टीका नेताहरूले पैसाको बलमा मुद्दालाई मिलेमतो गराई दबाउन खोजेको देखिन्छ ।’

शासकीय शक्तिको आडमा दलित तथा सीमान्कृत समुदायहरूको घरमाथि कतै जनप्रतिनिधि र जमीन्दारहरूद्वारा डोजर चलाउने र घर भत्काउने कार्य भइराखेको छ भने कतै खेत खोस्ने, कतै घर वा गाउँ निकाला गर्ने, कतै राहत नदिने, कतै बाटो बन्द गरिदिने त कतै छूवाछूत गर्ने जस्ता जघन्य कुकृत्यहरू सत्ताधारी पार्टीका प्रतिनिधि तथा कार्यकर्ताहरूद्वारा निरन्तर भइराखेको पनि दावी गरिएको छ ।

दलित तथा सीमान्तकृत समूहहरूमाथि भइराखेका जघन्य अपराधहरू तत्काल् रोक्न र दलितहरूको हत्या, हिंसा, बलात्कार र दमनको निष्पक्ष छानबीन गरी दोषीलाई अविलम्ब कारबाही गर्न राउतले माग गरेका छन् । भविष्यमा दलितमाथि अपराधिक घटना नदोहोरिऊन् भनेर कानूनी तथा प्रशासनिक सुनिश्चितता गर्नुपर्ने राउतको माग छ ।

यस्तै जनमत पार्टीका विदेश बिभाग प्रमुख इन्जिनियर बसन्त कुशवाहाले दलितहरुको मुद्दा लिएर अन्तर्राष्ट्रीय मंचहरुमा समेत आवाज उठाउने बताएका छन् । एनआरएमएका अन्तर्राष्ट्रीय समिति अध्यक्ष समेत रहेका उनी विगतमा समेत मधेशको समस्या लिएर संयुक्त राष्ट्र संघ जस्ता संगठनमा पुगेका थिए ।ck-1

ck-2

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब