प्रदेश २ सरकार मन्दिर–मस्जिदमा झण्डै २ अर्ब "जनता भोक र उपचार अभावमा मर्दै"

  • भदौ २२, २०७७ | ४७५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सप्तरीको कञ्चनरूप नगरपालिका–५ पथरीको मुसहर टोलमा यही वर्ष शिवजीको पक्की मन्दिर बनेको छ ।

नगरपालिकाको आर्थिक सहयोगमा उक्त टोलमा मन्दिर त बन्यो तर त्यही टोलका करिब सय परिवार घामपानी छेक्न नसक्ने घरमा वर्षौंदेखि बस्दै आएका छन् ।

स्थानीय बलदेव रामका अनुसार चुनावका बेला नेताहरू घर बनाइदिन्छु भनेर भोट माग्न आए र चुनाव जितेको दुई वर्षपछि एउटा मन्दिर मात्रै बनाएर छाडिदिए ।

पथरी त्यही ठाउँ हो जहाँ गत जेठ ६ गते भोकलाई जित्न नसकेर ५० वर्षीय मलर सदाको निधन भएको थियो । मजदुरीमै निर्भर उक्त टोलका अधिकांशको नागरिकतासमेत छैन । प्रदेश २ मा करिब ६२ लाख जनसंख्याको ४७ दशमलव ९ प्रतिशत अर्थात् करिब ३० लाख जनसंख्या गरिबीको रेखामुनि रहेको आँकडा योजना आयोगको छ ।

कोभिड–१९ को महामारीपछि भारत र तेस्रो मुलुकमा रोजगारी गुमाएर फर्किएकाहरूको आँकडा ठ्याक्कै कति छ, यकिन भइसकेको छैन तर प्रदेश सरकारको अनुमानमा त्यस्ता बेरोजगार मजदुर प्रदेश २ मा झन्डै १० लाख फर्किएका छन् ।

ती त्यस्ता मजदुर हुन्, जसको परिवार गुजाराका लागि उनीहरू मात्रै निर्विकल्प भरोसा थिए । यो संकटका बेला प्रदेश सरकारको योजना आफ्ना नागरिकको रोजीरोटीसित केन्द्रित भएर आउनुपर्थ्यो ।

तर आर्थिक वर्ष ०७७र७८ का लागि प्रदेश २ सरकारले मुख्यमन्त्रीको कार्यालय र उद्योग, वन तथा पर्यटन मन्त्रालयमार्फत १ अर्ब ६३ करोड ९८ लाखभन्दा बढी रकम मठमन्दिर र मस्जिदका लागि छुट्याएको छ ।

प्रदेश सरकारले यो रकम नयाँ–पुराना गरी ६ सय ५५ वटा मन्दिर र मस्जिदमा खर्चिंदै छ । प्रदेश २ सरकारले बर्दिवास–२ महोत्तरीमा चर्च घर मर्मत सम्भारका लागि भनेर ४ लाख ३ हजार रुपैयाँ पनि छुट्याएको छ ।

प्रदेश २ का पर्यटनमन्त्री रामनरेश रायले यो मठमन्दिर, मस्जिद इदगाहलगायत क्षेत्रमा पठाइएको बजेट निकै थोरै भएको बताए । ‘पर्यटन मन्त्रालयले मात्रै १ अर्ब १३ करोड रुपैयाँ धार्मिक ठाउँ बनाउने र अपूरा छन् भने पूरा गर्ने भनेर छुट्याएका थियौं,’ उनले भने, ‘तर ६०र७० करोड मात्रै छुट्याइयो, यो त एकदमै थोरै रकम हो नि ।’

प्रदेश २ सरकारले मुख्यमन्त्रीको कार्यालय र अरू मन्त्रालयहरूबाट समेत धार्मिक क्षेत्र निर्माणका लागि पैसा छुट्याएको छ । रायका अनुसार केन्द्र सरकारले बेवास्ता गरेका कारण पनि प्रदेश सरकारले धार्मिक स्थलका लागि धेरै रकम छुट्याउनुपरेको हो ।

‘केन्द्रको पर्यटन मन्त्रालयले २ लाख, ३ लाख, ५ लाखका दरले मन्दिरमा बजेट हालेको छ, हामीले त १० देखि ५० लाखसम्म हालेका छौं, मन्दिर सानो–ठूलो नै हुन्न नि,’ रायले भने, ‘प्रदेश २ सरकारले मुसहर, दलित, राम, चमार समुदायका लागि मन्दिर बनाउन बजेट छुट्याएको छ, यो त राम्रो हो नि ।’

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब