सिरहा । कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलिन नदिन सिरहामा निषेधाज्ञाको समय बढाएपनि खुकुलो पारेको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले सूचना जारी गरेर असोज १० गतेसम्मका लागि निषेधाज्ञा बढाएको जानकारी दिएको छ ।
निषेधाज्ञा भने खुकुलो पारेको छ । सिरहा जिल्लाभर अत्यावश्यक पसलहरु विहान ५ बजेदेखि अपरान्ह ३ बजेसम्म खोल्न पाइने निर्णय गरिएको छ । यस्तै होम डिलेभरी दिने सर्तमा होटल तथा रेष्टुरेन्टलाई साँझ ७ बजेसम्म खोल्न दिने बताइएको छ ।
हेल्मेट र माक्स लगाई मोटरसाईकल संचालन गर्न पाउँने र सरकारी सर्वजनिक तथा नीजि वा भाडाका जीप, कार्, भ्यान,दमकल, एम्बुलेन्स, शववाहन, फोहर उठाउने गाडी,दुध वा इन्धन बोक्ने वा ढुवानी गर्ने साधनमा दुरी कायम हुनेगरी बासि, मास्क अनिर्वाय रुपमा लगाउने र यात्रा सकिएपछि वा यात्रा सुरु हुनु अघि यिसइन्फेक्शन गरी संचालन गर्न पाउने छ ।
निषेधाज्ञाको अवधिमा भने सार्वजनिक भेला गर्न, मेला लगाउन, भोज वा जमघट गर्न प्रतिबन्ध लगाएको छ । निषेधाज्ञाको अवज्ञा गरेमा कानुन बमोजिम कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी दिए ।



Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved