बजारमा पाइने ४५ प्रतिशत सेनिटाइजर गुणस्तरहीन : ज्यानै लिने केमिकल मिसावट

  • भदौ २८, २०७७ | ४११ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले गरेको प्रारम्भिक अनुसन्धानमध्ये बजारमा प्रयोग भइरहेका स्यानिटाइजरमध्ये ४५ प्रतिशत बरु हानिकारक देखाएको छ।

उसले २२ ब्रान्डको नमुना परीक्षण गर्दा ४५ प्रतिशतमा दुईखाले हानिकारक जीवाणु (ब्याक्टेरिया) लाई नष्ट गर्ने क्षमता नभएको पाएको छ। ती मानव स्वास्थ्यका लागि हानिकारकसमेत छन्।

औषधि उत्पादक संघका अनुसार देशभर ३ सयभन्दा बढी स्यानिटाइजर उद्योग छन्। तर, औषधी व्यवस्था विभागबाट जम्मा ४० वटाले मात्र सञ्चालन अनुमति लिएका छन्। ती सबैको अनुगमन एवं नियमन गर्न विभाग असमर्थ देखिएको छ।

विषाक्त स्यानिटाइजर छ्यापछ्याप्ती भएको गुनासोपछि बल्ल उसले ५ वटा उत्पादनलाई प्रतिबन्ध लगाएको छ। विभाग मातहतको राष्ट्रिय औषधि प्रयोगशालाले नमुना परीक्षण गर्दा ती अत्यन्त विषाक्त पाइएका थिए।

विभागका महानिर्देशक नारायण ढकालका अनुसार ती उत्पादनले स्यानिटाइजरमा ८३ प्रतिशतसम्म मेथानल प्रयोग गरेका छन्। जब कि मेथानलले मानिसको ज्यानै जान सक्छ।

भक्तपुरको नेपाल कायाकल्प उद्योग, काठमाडौंका हाइजिन सोप एन्ड केमिकल प्रालि, आधार केमिकल्स एन्ड फुड इन्डस्ट्रिज प्रालि, सर्च केम कम हर्बल प्रडक्ट्स र सूर्यमुखी हर्बल प्रडक्ट्सका पाँच ब्रान्डका स्यानिटाइजरको नमुना परीक्षण गर्दा तिनमा मानव स्वास्थ्यका लागि हानिकारक मेथानल मिसाएको पाइएको थियो।

प्राणघातक मेथानल मिसावट गरेर स्यानिटाइजर उत्पादन गर्ने ती उद्योगले औषधि व्यवस्था विभागबाट अनुमतिसमेत नलिएको पाइएको छ।

कानुनतः ती उद्योगले अनुमति नलिई कारोबार गर्न पाउँदैनन्। तर, विभागले दर्ताबिनै सञ्चालनमा रहेका स्यानिटाइजर उद्योगलाई कारबाही गर्न बेवास्ता गरेको छ। उल्टो, उसले असोजसम्म बिनादर्ता त्यस्ता उद्योग सञ्चालन गर्ने छुट दिएको छ।

विभागका महानिर्देशक ढकाल आफैं स्वीकार्छन्, ‘हामीले लाइसेन्स लिएर स्यानिटाइजर उत्पादन गर्न ६ महिना दिएका थियौं। कारबाहीमा पर्ने यी उद्योगले अहिलेसम्म विभागबाट अनुमति लिएका थिएनन्।’ संघका अनुसार चैतयता २० करोड रुपैयाँबराबरको स्यानिटाइजर कारोबार भएको अनुमान छ।

विभागलाई स्यानिटाइजर उद्योगको अद्यावधिक अवस्थासमेत थाहा छैन। ‘अधिकांश उद्योगले विभागसँग अनुमति नलिई स्यानिटाइजर उत्पादन तथा बिक्री गरिरहेका छन्’, महानिर्देशक नारायण ढकालले भने।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब