सिरहा । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नियुक्ति गर्नुपर्ने माग राख्दै सिरहाको गोलबजारमा प्रदर्शन गरिएको छ ।
‘कुलमान आउ, उज्यालो ल्याउ’ भन्ने नारासहित सयौंको संख्यामा युवाहरुले प्रदर्शन गरेका छन् । जुलुस नगर परिक्रमा पश्चात गरिएको कोणसभामा स्थानिय नेता तथा युवाहरुले कुलमानलाई सरकारले पुनः नियुक्त गर्नुपर्नेमा जोड दिए ।
देशको मुहार फेर्न कुलमानको ठूलो योगदान रहेकाले सरकारले पुनः नियुक्ति गर्नुपर्ने प्रदर्शनमा सहभागी भएका उमेश बरालले बताए । उनले जनताको भावना कदर गर्न सरकारसँग आग्रह पनि गरे ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved