सिरहा । सत्याग्रही डाक्टर गोविन्द केसीको समर्थनमा बिहीबार सिरहामामा युवा ईन्जिनियर संघका युवाहरुले प्रदर्शन गरेको छ ।
डाक्टर केसीका सबै मागहरु पूरा गर्नुपर्ने र उनको जीवन रक्षा गर्नु पर्ने भन्दै समर्थकहरुले सिरहा सदरमुकामा नागरिक अधिकारको सुनिश्चिता गर, मानव अधिकारको रक्षा गर र Solidarity With Dr. Kc जस्ता नाराहरुका प्लेकार्ड बोकी प्रदर्शन गरेका हुन् । उनीहरुले दूर दराजमा मेडिकल शिक्षा खै ?, लुटतन्त्र बन्द गर, प्रदेश नं. २ मा एमबीबीएस पढाइ सुरु गर, हाम्रो स्वास्थ्य हाम्रै हातमा हामी डा. केसीको साथमा रहेको युवा ईन्जिनियर दिनेश यादबले बताउनु भयो ।
चिकित्वसा स्वास्थ्य मात्र नभई सरकारले डा. केसीको माग पुरा गरी नेपालको शिक्षा क्षेत्रमा रहेको लुट तन्त्र र व्यथितीलाई अन्त नगरे हामी जस्ता युवा सरकारको विरुद्धमा राष्ट्यि स्तरमा अन्दोलन गर्ने चेतावनी सुरेश यादबले दिनु भयो ।
केसीको माग छिटो भन्दा छिटो संबोधन नगरे सिरहाको सैव स्थानिय तहबाटै अन्दोलन चर्काउने चितावनी युवा ईन्जिनियर आसुतोष यादबले दिनु भयो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved