प्रदेशसभाका कर्मचारीका आफन्तको रँजाई, सचिव एक्लै चढ्छन् ५ वटा गाडी

  • कार्तिक ८, २०७७ | ६९३ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । ५४ वटा सवारी खरिद गरेको प्रदेश २ को प्रदेशसभामा सभामुखदेखि कर्मचारी सम्मैले गाडीको व्यापक दुरुपयोग गरेको पाइएको छ । प्रदेशसभा सचिवालयमा सबभन्दा बढी गाडी निमित्त सचिव रञ्जित यादवले प्रयोग गर्दै आएका छन्।

उनले औपचारिक रुपमा ज १ ग ४६१ नम्बरको निसान टेरानो गाडी चढ्दै आएको सचिवालयले जनाएको छ। त्यसका अलावा सचिव यादवले आर्थिक वर्ष २०७६०७७ मा खरिद गरिएको एउटा एक्सयूभी र एउटा क्वीड पनि पालैपालो चढ्ने गरेका छन्।

त्यस्तै आ.व. २०७६र०७७ मा खरिद गरिएको पाँच वटा पल्सर मोटरसाइकलमध्ये २ वटा उनैले प्रयोग गर्दै आएको कार्यालय श्रोतले जानकारी दियो। खरिद गरेको गाडी खराब नहोस् भनेर कहिलेकाहीँ कार्यालय प्रयोजनकै लागि चढ्ने गरेको निमित्त सचिव यादवले दाबी गरे।

‘सधैँ बजेट हुँदैन। गाडीको आवश्यकता पर्छ नै। त्यसैले बजेट भएको बेला केही अतिरिक्त गाडी खरिद गरेका हौँ,’ उनले भने।

उनले लिएका दुईवटा पल्सरमध्ये एउटा कहलेकाहीँ आफैँ र अर्को उनका भाइ सुजित यादव चढ्ने गरेको कार्यालयका एक कर्मचारीले बताए।

सभामुख सरोज यादवका सबभन्दा निकट पात्र हुन् उनी। त्यसैले सभामुखले प्रदेशसभामा सचिव स्तरका कर्मचारीलाई ल्याउन चाहेका छैनन्। उनले आफ्नै सिफारिसमा उपसचिव रञ्जित यादवलाई निमित्त राखेका छन्। उनीहरुले प्रदेशसभामा हुने विभिन्न प्रकारका सामग्री खरिद तथा ठेक्कापट्टामा मिलेमतो गरी आर्थिक अनियमितता गर्दै आएको विवरण सार्वजनिक भइसकेका छन्।

उपसचिव पनि चढ्छन् २ वटा गाडी

प्रदेशसभा सचिवालयका सूचना अधिकारीको जिम्मेवारी समेत हेर्दै आएका उपसचिव अरुणकुमार झाले पनि आफुखुसी सवारीसाधन प्रयोग गर्ने गरेका छन्। उनले प्रदेश नं. २–०२–००१ झ ००३८ (सुजुकी) गाडी पहिलादेखि नै चढ्दै आएका छन् भने आ.व. २०७६र०७७ मा खरिद भएको दुई वटा क्वीडमध्ये एउटा पनि प्रयोग गर्दै आएका छन्।

उनले निमित्त सचिवसंगै मिलेर घरायसी तथा आफ्नो निजी कामको लागि पनि सवारीसाधन दुरुपयोग गर्ने गरेको कर्मचारीहरु बताउँछन्। तर उपसचिव झाले आफूले एउटा मात्रै गाडी प्रयोग गरेको दाबी गरे।

‘म एउटा गाडी मात्र चढ्छु। एउटा मोटरसाइकल बिग्रेर सोरुममा राखदिएको छु। अर्को चढिरहेको छु। गाडी खराब हुन्छ भनेर कहिलेकाहीँ कार्यालय प्रयोजनकै लागि चढ्यो भन्दैमा दुईवटा गाडी चढ्छ भन्नु गलत हो,’ उनले भने।

लेखाअधिकृतले भाइलाई दिए मोटरसाइकल

माघ २०७६ मा प्रदेशसभा लेखा अधिकृतका रुपमा आएका नवीनकुमार मिश्रले सचिवालयबाट सुरुमै ज १ ग ३२३ नम्बरको मोटरसाइकल लिएका थिए। आ.व. २०७६र०७७ चारवटा स्कुटी खरिद गरेपछि उनले त्यसबाट ज १ ग ३२४ नम्बरको स्कुटी पनि लिए। आफू होचो भएको कारण देखाउँदै उनले मोटरसाइकल चलाउन समस्या भएकाले स्कुटी लिएको सचिवालयकै एक कर्मचारीले बताए। तर स्कुटी लिएपछि उनले मोटरसाइकल फिर्ता गरेनन्। बरु, त्यो मोटरसाइकल उनले भाइलाई दिए। तर, अधिकृत मिश्रले आफूले एउटा स्कुटी मात्र चढ्ने गरेको दाबी गरे।

सूचना लुकाएर सवारीसधानको दुरुपयोग

सूचना अधिकारी झाका अनुसार यसका अलावा उपसभामुखले पहिले प्रयोग गर्ने ज १ ग ४६०, बाँकी रहेका सार्वजनिक लेखा समितिका सभापतिका लागि प्रदेश नं। २–०२–००१ झ ००१३ र दुईजना आउने उपसचिवको लागि खरिद गरिएको नं.२–०२–००१ झ ००९२ र नं. २–०२–००१ झ ००९६ नम्बरको गाडी स्टोरमा राखिएको छ। तर, प्रदेशसभाको पार्किङमा भने प्रदेश २–०२–००१ झ ००१०० नम्बरको गाडी राखिएको छ। जसबारे सूचना अधिकारी झा र स्टोरका कर्मचारीले सूचना दिन मानेनन्।

उनीहरुले सूचना दिने जिम्मेवारी एकअर्काको थाप्लोमा हाल्ने गरेका छन्। सभामुख र निमित सचिवको डरले सूचना अधिकारी र स्टोरकिपरले सत्यतथ्य सूचना दिन नमानेको कार्यालयकै एक कर्मचारीको भनाइ छ।

प्रदेशसभमा सचिवालयको स्टोरमा फाजिल रहेका चार पांग्रे र दुईपांग्रे सवारीसधानमा भने सभामुख, उपसभामुख, निमित्त सचिव, उपसचिव र लेखाअधिकृतकै रजाइँ छ।

‘सभामुखदेखि लेखाअधिकृतसम्म सबैले पालैपालो स्टोरमा रहेका नयाँ गाडी चढ्ने गरेका छन्। त्यति मात्रै होइन आफ्नो घरायसी काम, घुमाघम र आफन्त आसोपासेलाई समेत चढाउँछन्,’ ती कर्मचारीले नखुलाउने सर्तमा भने ‘यो प्रदेशसभा र सार्वजनिक सम्पत्ति हो भन्ने महसुस गर्दैनन् यिनीहरु। सभामुख, निमित्त सचिव, उपसचिव र लेखा अधिकृत मिलेकै छन्। जे मा पनि मनपरी र सरकारी सम्पत्तिको दुरुपयोग गर्छन्।’

सूचना अधिकारी झाले कार्यालयकै आवश्यकता अनुसार गाडी खरिद भएको तर्क गरे।

‘अहिले आवश्यकताअनुसार नै गाडी खरिद भएको छ। भोलि नै कर्मचारी आए भने कहाँबाट गाडी ल्याउनेरु त्यसैले खरिद गरिएको हो,’ उनले भने ‘यहाँ थन्काएर राखिएको गाडी नबिग्रुन् भनेर कहिलेकाहीँ चलाउनु पर्छ।’

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब