नेपालमा ७४.१ प्रतिशत कोरोनामुक्त

  • कार्तिक ११, २०७७ | ७६५ पटक पढिएको | सीमा संदेश
alt

नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या ७४.१ प्रतिशत नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख १८ हजार ८४३ जना कोरोनामुक्त भएका छन् ।  प्रदेश १ मा ११ हजार २९, प्रदेश २ मा १६ हजार ४७८, वागमतीमा ५७ हजार ९५५, गण्डकीमा पाँच हजार ७६०, लुम्बिनीमा १४ हजार ५१०, कर्णालीमा चार हजार ६२० र सुदूरपश्चिममा आठ हजार ४९१ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा तीन हजार १६८ जना कोरोनामुक्त भएका छन् । 

देशभर आज ५७० जनामा सङ्क्रमण पुष्टि भएको छ । दुई हजार ७२५ नमूना परीक्षण गर्दा उक्त सङख्यामा सङ्क्रमण पुष्टि भएको हो । काठमाडौँमा २२५, भक्तपुरमा चार र ललितपुरमा २३ सङ्क्रमित थपिएका छन् । प्रदेश १ मा ३५, प्रदेश २ मा १५, वागमतीमा २७३, गण्डकीमा ८० र लुम्बिनीमा १६७ जनामा सङ्क्रमण पुष्टि भएको छ । कर्णाली र सुदूपश्चिममा आज सङ्क्रमित भेटिएका छैनन् । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख ६० हजार ४०० पुगेको छ ।

४० हजार ६८१ सक्रिय सङ्क्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २८१ को सघन उपचार कक्ष र ७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । कूल ३२ हजार ४६४ सङ्क्रमित होम आइसोलेसनमा छन् । झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलालीमा ५०० बढी सक्रिय सङ्क्रमित छन् भने मुस्ताङमा सक्रिय सङ्क्रमित छैनन् । पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट १४ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ८७६ पुगेको छ । 

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब