धानखेतमा स्मार्ट लाइसेन्स फाल्नेमाथि कडा कारबाही गर्छौं : मन्त्री सोनल

  • कार्तिक १४, २०७७ | १,२९१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । यातायात व्यवस्था विभागले जनकपुर यातायात व्यवस्थ कार्यालयलाई वितरणको लागि पठाएको चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) धान खेतमा भेटिएको घटना छानविन हुने भएको छ । छानविनका लागि भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश—२ ले छानविन टोली गठन गर्न लागेको हो ।

‘धान खेतमा लाइसेन्स भेटिनु चिन्ताको विषय हो । यो घटनालाई हामी गम्भीर रुपमा लिएका छौं । यस बिषयमा छानविन गर्न टोलि गठन गर्छौं,’ भौतिक पूर्वधार विकास मन्त्री जितेन्द्र सोनलले टुडेपाटीसंग भने,‘ यस कार्यमा जो सुकै सहभागि भएको पाइए पनि कडा कारबाही गर्छौं ।’

कार्यालयमा हुने अनियमिततामाथि मन्त्रालयले नजर राखेको र कर्मचारीको गैर जिम्मेवारीले कार्यालयमा भद्रगोलताको अवस्थमा पुगेको भन्दै उनले अव चुस्तदुरुस्त बनाउने बताए ।

गएको बुधबार यातायात व्यवस्था कार्यालय जनकपुरको पछाडिमा रहेको धानखेतमा करिब पाँचसय लाइसेन्स फेला परेको थियो । धान काट्न गएकी महिलाहरुले उक्त लाइसेन्स देखेपछि संकलन गरी यातायात व्यवस्था कार्यालयका कर्मचारीलाई जिम्मा लगाएका थिए ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब