सिरहा । सिरहाको विष्णुपुर गाउँपालिकाका अध्यक्षले पच्छिल्ला दिनहरुमा कार्यापालिकालाई समेत जानकारी नगरी मनमानि ढङ्लेगले काम गर्ने गरेको वाडा नं. १ का अध्यक्ष गोपेन्द्र यादवले लगाएको आरोप निराधार देखिएको छ । कर्मचारी भर्ना, पोखरी ठेक्का, विकास निर्माणका कामममा समेत मनमाना ढङ्गले कामगर्ने गरेको अध्यक्ष यादवले आरोप लगाएका विषयमा गाउँपालिका अध्यक्ष जागेश्वर यादबले सम्पूर्ण प्रमाण सहित पत्रकार समेलन मार्फ आरोप निराधार रहेको साबित गरेको छ ।
गाउँपालिकामा रहेको ६१ पोखरी मध्ये ४२ वटा मात्र माछा पालन योग्य भएपनि धेरै पोखरीमा झारी उमरेका कारण ठेक्का मुल्याकंन कम गरी लगाउनु परेको र ठेक्केदारलाई डर धमकी दिने गरेका कारण कसैले पनि लिन नचाहने अवस्थामा ठेक्काका लागि अगाडी आएकालाई दिईएको भन्दै शिवराज पोखरी, सौतिनियाँ पोखरी र जिमिदार पोखरी लगायतका पोखरीहरुको डिल सम्म लगि पत्रकारहरुलाई अवलोकन गराएको छ ।
शिक्षक भर्नाको नाममा कार्यकर्ता भर्ति केन्द्र आरोपमा अध्यक्ष यादबले ७ जना कास भर्ना गरिएका छन । तर भर्ना प्रक्रिया कोरोना काल देखि पहिलेबाट सुरु भएकोले र गाउँपालिकामा बैकल्पिक शिक्षा सहजिकरणमा सहयोगका लागि अभिलम्ब गर्नु परेको बताए ।
न्याय सम्पादन प्रभावकारी नभईरहदाँ तथा गाउँपालिकाकै कानूनी प्रक्रियामा असहज भएका कारण कानून सल्लहाकार राखिएको छ । कानूनी सल्लहकार कुनै कानून विपरित छैन । नेपाल सरकारकै कानूनलाई आधार मानि गएकोले प्रकृया बारे शांका गर्ने आधार बेतुक छ ।
स्थानिय तहको सरकार जनताका हित अनुसार संचालन हुन्छ । एउटा वाडा अध्यक्षले माग गरे अनुसारको निर्णय अनुसार संचालन हुदैन । विष्णुपुर गाउँपालिका वडा नं. १ का वडा अध्यक्षले गाउँपालिकाका राम्रा कार्यहरुमा पनि सर्मथ दिदैन् । जहिले पनि अवरोध मात्र गरेको छ । विरोध गर्दैमा केही हुदैन । यहाँका जनताले विष्णुपुर गाउँपालिका कति व्यवस्थि रुपमा संचालन भएको कुरा राम्रो सँग बुझि रहेका छन । केही व्यक्तिका उसकाहसमा वाडा अध्यक्षले यस्ता आरोप लागाएको छ कि गाउँपालिकाको जनता हितका कार्यक्रम अवरोध होस् ।
तर गाउँपालिकाले आफ्नो लक्ष्य र भिज अनुसार नै कार्य गर्ने छ । हाम्रा पहिलो योजना नै सर्वजनिक जग्ग तथा वन पैदारवार संरक्षरण रहेकोले यस कार्यलाई सफलत पूर्व जनताका साथमा सम्पन गर्ने प्रतिवद्धता पनि यादबले गर्नु भयो।

Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved