अमेरिकाको राष्ट्रपति पद चुनावमा बाइडेनको जित

  • कार्तिक २३, २०७७ | १,०८८ पटक पढिएको | सीमा संदेश
alt

वासिंगटन (एजेन्सी) अमेरिकाको राष्ट्रपति पद चुनावमा डेमोक्र्याट उम्मेदवार तथा पूर्व उपराष्ट्रपति जो बाइडेनले जितेको छ । आफु जन्मेको राज्य पेन्सिलभेनियाको मतगणनाको अन्तिम नतिजा आफ्नो पक्षमा आएपछि बाइडेन अत्यन्तै कडा प्रतिस्पर्धा भनिएको यो चुनाव जीतेको हो । यो जितसँग उनी ४ बर्षका लागि अमेरिकाका राष्ट्रपतिका रुपमा ह्वाइट हाउसमा रहने छ ।

उनको जितले मौजुदा रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादस्पद कार्यकालमा पूर्णविराम लागेको छ । ट्रम्पको हारका कारण उनका समर्थकहरुमा हुन सक्ने हिँसात्मक प्रदर्शन तथा गतिविधि रोक्न सुरक्षा ब्यवस्था कडा पारिएको छ ।

उक्त राज्यमा जीतेपछि नै बाइडेनको इलेक्टोरल कलेज भोट २ सय ७३ पुगेको हो । राष्ट्रपतिमा निर्वाचित हुन विजयी उम्मेदवारको इलेक्टोरल मतको आंकडा २ सय ७० पुर्याउन आवश्यक छ । नेभाडाको नतिजा पनि बाइडेनकै पक्षमा आएपछि उनको इलेक्टोरल कलेज भोट २ सय ७९ पुगेको छ ।

कयौं किर्तिमान
बाइडेन निर्वाचित भएसँगै अमेरिकी राष्ट्रपति निर्वाचनमा कयौं किर्तिमान कायम भएका छन् ।
७७ बर्षीय बाइडेन अमेरिकी राष्ट्र्रपति चुनावको इतिहासमा निर्वाचित हुने सबैभन्दा बृद्ध उम्मेदवार हुन् ।
अमेरिकी राष्ट्रपति चुनावमा महत्वपूर्ण स्विंग स्टेट फ्लोरिडा हारेर पनि राष्ट्रपतिमा निर्वाचित हुने उनी पहिलो राष्ट्रपति बनेका छन् ।

उनी अहिलेसम्म कै सबैभन्दा बढी लोकप्रिय मत हासिल गर्ने निर्वाचित राष्ट्रपति भएका छन् । यसअघि यो किर्तिमान बाराक ओबामाको नाममा थियो ।

उनीसँग उपराष्ट्रपति पदमा निर्वाचित भएकी कमला ह्यारिस प्रथम महिला उपराष्ट्र्रपति हुन् ।
कमला ह्यारिस उपराष्ट्रपति पदमा निर्वाचित हुने पहिलो काला तथा दक्षिण एसियाली मुलका अमेरिकी पनि हुन् ।

यस पटकको मतदानमा १ सय २० बर्ष पछि सबैभन्दा बढी प्रतिशत मतदाताले आफ्नो मताधिकारको प्रयोग गरे ।

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब