सिरहा । जिल्ला वकिल कार्यालय सिरहाको प्रमुख न्यायधिवत्ता एकराज अधिकारीलाई समान साथ सिरहा नगरपालिका प्रमुख असेश्वर प्रसाद यादबले विदाई गरेको छ ।
न्यायाधिवत्ता अधिकारी सिरहा जिल्लामा २१ महिना न्यायका क्षेत्रमा आफ्ना सेवा निषपक्ष रुपमा दिईएको प्रशंसा गर्दै आगामी कार्यकाल पनि सफलता पूर्वक हुने शुभकामना पनि प्रमुख यादबले दिनु भयो ।
यता आफ्ना २१ महिनाका समिक्षा गर्दै न्यायधिवत्ता अधिकारीले जिल्ला वकिल कार्यालयमा आएको सेवा ग्राही पक्ष अथवा विपक्ष दुवैलाई समान साथ व्यवहारी गरि सतुष्टि गरी सेवा दिईएको बताए । सिरहा जिल्ला पहिले जस्तै नभई न्याय क्षेत्र विषयमा जनता पनि सजक भएको प्रति खुशी व्यक्त गर्नु भयो ।
त्यस्तै जिल्ला वकिल कार्यालय सिरहामा सह प्रमुखको जिम्मेवारीमा आएको संतोष प्रसाद भण्डारीलाई स्वागत पनि गरिएको छ ।

Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved