सिरहा पुस्तकालय र पठन संस्कृति

  • वैशाख १२, २०७८ | ८६४ पटक पढिएको | परशुराम साह
alt

पुस्तक दिवसको अवसरमा सिरहा पुस्तकालयले शुक्रवार "पठन संस्कृति र यसको महत्व" को विषयामा छलफल कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा पुस्तक किन पढने ? कस्ता खालका पुस्तक पढने र? पुस्तक अध्ययनवाट के-के फायदा हुन्छ ? पुस्तकको अध्ययनले परिवार, समाज र विचारलाइ जोडने कडीको रुपमा कसरी काम गर्ने गरेको छ ? सुचनाका लागि, बिष्लेषणका लागि  र आफुले आफैलाइ बुझ्नका लागि पुस्तकको अध्ययन कति महत्वपूर्ण छ ? भनी  छलफल भयो तर दुखद पक्ष के थियो भने, आयोजक संस्था र सिरहा बजारका २/४ जना बाहेक अन्य सहभागी बाहिरकै थियो । आखिरमा यस्ता कार्यक्रममा अथवा सिरहा पुस्तकालयमा पुस्तक, पत्रपत्रिका पढन यहाका विद्यार्थी, शिक्षक, कर्मचारी र पत्रकारहरु जान किन उतसाहित छैनन ?  पत्रपत्रिका  अथवा पुस्तकको अध्ययनले, आफुले आफैलाइ बुझ्न सक्ने, सुचना प्राप्त गर्ने र विश्लेषण गर्ने क्षमताको विकास हुन्छ भन्ने कुरो न बुझेर हो कि ? अथवा अन्य कारण हो ?  यसको अध्ययन र अनुसन्धान कहिकतैवाट भएको देखिदैन ।

सुचना माथिको पहुँच नागरिकको पहिलो अधिकार हो । यो अधिकारको सुनिश्चितता अध्ययन बिना सम्भव छैन । विद्यालय अथवा कलेज मा औपचारिकता पूरा गरेर ज्ञानी बन्ने सपना पूरा हुन सक्दैन । आजकल पढाउनेहरु पनि आफै  पढन छाडिदिएका छन । त्यही भएर होला, डेग्री प्राप्त गरि साक्षर बनेका र क अक्षर न जानी निरक्षर भएकाबिच फरक देखिदैनन । त्यस्ता साक्षरहरुका कारण पनि हाम्रा  समाज  अक्रान्त छन । कारण, हामिलाइ पढने बानी नै भएन । अहिलेका युवा मोबाइलमा, नेता जति चिया पसलमा हुन्छन । कुरो मोदी र ओलिकै हुन्छन । हाम्रा स्थानीय सरकारले के गर्दैछन ? बिकास कसरी भइरहेका छन ? शिक्षा सुधार्नेहरु कसरी बिगारिरहेका छन ? हामी खोजी नै गर्दैनौ किन कि, खोजी गर्ने हामिमा बानी भएन, बानी सुधार्न पढनै पर्छ भनेर हामिलाइ जानकारी नै भएन । हुन त यहि अवस्थालाइ रुपान्तरण गर्न सिरहा पुस्तकालय लागि परेका छन ।
                      

सिरहा पुस्तकालयको अवस्था

सिरहा पुस्तकालय सिरहा जिल्लाको प्रथम र ऐतिहासिक पुस्तकालय हो । २००७ सालको राजनितिक परिवर्तनपछी नेपालको शिक्षा क्षेत्रमा आएको परिवर्तनको उपहार हो, सिरहा पुस्तकालय । पुस्तकालयले सिरहाली समाजका हरेक वर्ग,समुदाय, भाषाभाषी , जातजाति, धर्म, लिंगका लागि बिना भेदभाव समानताको अधारमा सेवा उपलव्ध गराउदै आएका छन ।

युगकवि सिद्धिचरण श्रेष्ठ को "मेरो प्यारो ओखलढुंगा" कविताको वाचन सर्वप्रथम यसै पुस्तकालय वाट भएको थियो । तत्कालीन राजा महेन्द्रले, सिरहा पुस्तकालय द्वारा प्रकाशित  "ज्ञान रश्मि"  पत्रिकामार्फत शुभकामना ब्यक्त गरेको ईतिहास छ । सिरहाका स्थानीय बुद्धिजिवी, युवा, समाजसेवीहरुले मुठ्ठी दान सहयोगको अभियानवाट प्राप्त सहयोगवाट पुस्तकालयको भवन पूर्वाधार खडा गरेको इतिहास रहेको छ ।

तत्कालीन अन्चल शिक्षा कार्यालय राजबिराज वाट २०१८ सालमा  स्वीकृति प्राप्त सिरहा पुस्तकालयमा करीव २ हजार थान पुस्तक र दैनिक, साप्ताहिक, पाक्षिक तथा मासिक पत्रपत्रिकाहरु नियमित उपलव्ध हुन्छन । सिरहाको मुख्य बजारमा एक कट्ठा जगामामा रहेको ५ कोठे भवन मद्धे २ कोठाको भाडावाट वार्षिक १ लाख २० हजार, पुस्तकालय अगाडि ठेला पसलेवाट भाडा बापत मासिक ५ हजार र अन्य आम्दानी गरि वार्षिक २ लाख २४ हजार ५ सय रहेको छ ।  शान्ति तथा पूननिर्माण मंत्रालयवाट २० लाख, शिक्षा मंत्रलयवाट ३ लाख अनुदान प्राप्त भएको छ । पुस्तकालयको भौतिक पक्ष राम्रो भएतापनी नया पुस्तकको अभाव देखिएको छ , पुस्तकालयमा ।  स्रोत र साधनको अभावमा पुस्तकालयले पाठकलाइ आकर्षित गर्न सकेको छैन ।

६५ वर्षको लामो ऐतिहासिक महत्व बोकेका सिरहा पुस्तकालय वाट कैयन पाठक, बिद्वान, राजनितिज्ञ, समाजसेवी, साहित्यकार, शिक्षक, विद्यार्थी ले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा ख्याती कमाएका छन तर अहिले आएर उहीँ पुस्तकालयले पाठकलाइ आकर्षित गर्न  सकिरहेको अवस्था छैन ।

आवश्यकता 

पुस्तकालयको एतिहासिक महत्व कायम राखिराख्न पाठकलाई आकर्षित गर्ने योजनाको निर्माण गर्नु पहिलो आवस्यकता हुन सक्छ ।  पुस्तकालयलाई सुचना र प्रबिधियुक्तू "इ - लाइब्रेरी" बनाउनु दोस्रो आवस्यकता हुन सक्छ । नयाँ - नयाँ  पुस्तक खरीद गर्ने तेस्रो आवश्यकता हुन सक्छ । पुस्तकालयलाई शोध तथा अनुसंधान केन्द्रको रुपमा नीतिगत तथा योजना निर्माण गर्ने केन्द्रको रुपमा बिकास गर्ने चौथो आवश्यकता हुन सक्छ । पुस्तकालय सेवा निवृत शिक्षक तथा कर्मचारीहरुको समय बिताउने थलोको रुपमा बिकास गर्नु पाँचौ आवश्यकता हुनसक्छ । पुस्तकालयलाई सूचना केन्द्रको रुपमा बिकास गरि  युवाहरुलाइ कूलतवाट बचाउन सुधार गृहको रुपमा बिकास गर्ने छैठौ आवस्यकता हुन सक्छ । महिनाको कम्तीमा एकपटक कुनै न कुनै कार्यक्रमको आयोजना गरि पुस्तकालय संग युवालाई जोडने सातौ आवस्यकता हुन सक्छ । यी यस्ता योजना र परियोजनाहरु निर्माण गरि सम्वन्धित सरोकारवाला निकायहरुमा पहलकदमी हुनु आंठौ आवस्यकता हुन सक्छ ।

अन्त्यमा 

मानव विकास सुचांकको तथ्यांकलाई आधार मान्ने हो भने , सिरहा जिल्ला हरेक दृष्टिकोण वाट पछाडी परेको हो । पठन संस्कृतिको बिकास बिना  यसमा सुधार गर्न सकिँदैन त्यसकारण पनि पुस्तकालयको बिकास र उत्थानमा स्थानीय सरकारले चासो देखाओस ।

गोलबजारमा आज दिनभरका लागि कर्फ्यु खुकुलो बनाइयो

जिल्ला प्रशासन कार्याल सिराहाले आज (आइतवार)  बिहान ...

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन

मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअ ...

संयुक्त हिन्दू मोर्चाले गृहमन्त्री सुदनलाई बुझायो

हिन्दूवादी संघसंगठनहरुले संयुक्त रुपमा बनाएको संयुक्त ह ...

दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को उपाधि

दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । ललि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब