अपहरणपछि हत्या गरेको आरोपमा सिरहामा तीनजना पक्राउ

  • जेठ ६, २०७८ | ५३५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा ।  सिरहामा तीन वर्षअघि एक व्यक्तिको अपहरण गरी हत्या गरेर फरार भएको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बरियारपट्टी गाउँपालिका–४ तेनुवापट्टी बस्ने ३९ वर्षीय जयराम साह, सोही ठाउँका ३२ वर्षीय हरेराम साह र ४७ वर्षीय शैलेन्द्र साह छन् ।

२०७५ वैशाख २९ गते राति बरियारपट्टी गाउँपालिका–४ स्थित आधारभूत प्राथमिक विद्यालय तेनुवापट्टी अगाडि वडा नम्बर ४ सोहपुरका अनिषकुमार सिंहलाई घरबाट अपहरण गरी कुटपिट गर्दै घाइते बनाइएको थियो । घाइते भएका सिंहको उपचारको क्रममा २०७६ साल जेठ १ गते मृत्यु भएको थियो ।

उक्त घटनापछि फरार भएका तीनै जनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालत सिरहामा पेश गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता शालिग्राम शर्माले बताए ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब