सिरहा । सिरहा अस्पतालमा विद्युत मिटर सट्बाट आगलागी भएको छ । सोमवार साझ ६ बजे विद्युत मिटरमा अभरलोड भएपछि आगो लागेको हो ।
आगलागीबाट अस्पताल क्षेत्र धुवाँमै भएको थियो । अस्पतालमा उपचार गराई रहेका विरामीहरु भाग्मभाग भएको थिए । अस्पताल भित्रका कर्मचारीहरु र बाहिरका स्थानीयहरुले आगो निभाएको थियो ।
सिरहा नगरपालिकाका वारुण नियन्त्रण गाडी अस्पतालको सांग्रो गेटका कारण अस्पताल भित्र प्रवेश हुन सकेन् र बाहिरबाट फर्केको थिए ।
आगलागीबाट अस्पतालका विद्युत मिटर जलेको छ । अस्पताल भित्र रहेको विद्युत कनेक्सन विग्रेको र अन्य थप क्षती नभएको अस्पताल स्रोतले जनाकारी दिएईको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved