सिरहाको ग्रामीण क्षेत्रमा अवैध औषधी पसल खोल्ने क्रम बढ्दो

  • जेठ २०, २०७८ | ६३३ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । औषधिको व्यापारबाट राम्रो आम्दानी हुने भएपछि सिरहा सदरमुकामका साथै गाउँका सा–साना स्थानीय बजारहरूमा समेत धमाधम अवैध औषधि पसल खुलेका छन् । औषधि व्यवस्था विभागबाट नियमित अनुगमन नहुँदा त्यस्ता नयाँ औषधि पसल खुल्दै गएका हुन् ।

जिल्लाको दक्षिणी तथा पश्चिमी क्षेत्रमा दिनानुदिन च्याउ उम्रिए झैँ निजी क्लिनिक तथा औषधि पसल खोलिँदै आएपछि यहाँका ग्रामीण क्षेत्रका बासिन्दा ठगिएका छन् । जिल्लाका धेरैजसो क्षेत्रमा अनधिकृतरूपमा क्लिनिक तथा औषधि पसल खुल्लमखुल्ला सञ्चालन भइरहे पनि यसलाई रोक्न औषधि व्यवस्था विभाग, जिल्ला प्रशाासन, जिल्ला बजार अनुगमन समिति र क्षेत्रीय स्वास्थ्य निर्देशनालयले समेत बेवास्ता गरेपछि अवैध औषधि पसल खुल्दै गएका हुन् ।

जिल्लामा कतिवटा अवैध औषधि पसल छन् यसको तथ्याङ्क कसैसँग छैन । बजार अनुगमन गर्न आफूसंँग स्रोत र साधनको अभाव भएकाले समस्या परेको औषधि व्यवस्थापन कार्यालय सिरहाले जनाएको छ । सदरमुकाम सिरहा र सहरी क्षेत्रमा मात्रै नभई अहिले गाउँगाउँमा समेत यस्ता औषधि पसलहरू खुल्दै गएकाले औषधिको जथाभावी व्यापार बढेको हो ।

ग्रामीण क्षेत्रका उपभोक्ता रोग बताको भरमा पसलबाट औषधि लगेर जोखिम मोलिरहेका छन् भने कतिपय औषधि पसलले सामान्य अनुभवकै भरमा औषधिको व्यापार गर्ने गरेका छन् ।

कतिपय औषधि व्यापारीले विभिन्न अस्पतालका चिकित्सकको नाम झुन्ड्याएर आफैँले स्वास्थ्य जाँच गर्ने गर्दा पनि सम्बन्धित निकायले चासो नदिएको कुशहाका स्थानियवासी सत्य नारायण चौधरीले बताए । नियमानुसार औषधि पसल राख्न कम्तीमा तीनवर्षे फार्मेसी पास गर्नुपर्ने भए पनि यहाँका तिन दर्जन यस्ता पसलेले सामान्य अनुभव बटुलेकै भरमा औषधिको व्यापार गरेका छन् ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब