प्रदेश २ का ४ जना मन्त्री बर्खास्त

  • जेठ २३, २०७८ | ९६८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । प्रदेश २ को सरकारबाट भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई सरकारबाट बर्खास्त गरिएको छ ।

जसपाको ठाकुर–महतो समुहमा रहेका सोनल, शर्मा, झा र मण्डललाई मुख्यमन्त्री लालबाबु राउतले आइतवार अबेर राती हटाएको पत्र प्रदेश प्रमुख डा।राजेश झाको सचिवालयमा दर्ता गराएका छन् ।

प्रदेश प्रमुख झाले मुख्यमन्त्री कार्यालयबाट मन्त्रीमण्डलमा हेरफेर गरिएको पत्र भएको पुष्टि गरे ।प्रदेश प्रमुखको सचिवालयले राती नै जारी गरेको विज्ञप्ति अनुसार मुख्यमन्त्री लालबाबु राउतलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको सम्हाल्नेगरि जिम्मेवारी तोकिएको छ ।

विजय कुमार यादवलाई पूर्ववत नै आर्थिक मामिला तथा योजना मन्त्रालय, ज्ञानेन्द्र कुमार यादवलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, शैलेन्द्र साहलाई भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, नवल किसोर साहलाई समाजिक विकास मन्त्रालय र रामनरेश यादवलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कायम रहेको विज्ञप्तिमा उल्लेख छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब