राजकिशोर र ज्वालाकुमारी पनि मन्त्री बन्दै

  • जेठ २७, २०७८ | ७६९ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । प्रधानमन्त्री केपी शर्मा ओलीले ७ मन्त्री र एक राज्यमन्त्रीसहित मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । स्रोतका अनुसार जसपा महन्थ ठाकुर पक्षका नेता राजकिशोर यादव उद्योग मन्त्री बन्दैछन् ।

बरिष्ट नेता राजेन्द्र महतो नेतृत्वमा यसअघि नै जसपाका ९ जना मन्त्री बनिसकेका छन् । यादवले भने १० दिने मन्त्री बनेर के गर्ने प्रतिक्रिया दिएका थिए । उनी पूर्व सञ्चारमन्त्री पनि हुन् ।

यस्तै माओवादी प्रदेश साँसदको पद छाडेर नेकपा एमालेमा पुगेकी ज्वालाकुमारी साह पनि मन्त्री बन्न लागेकी छन् । उनलाई कृषिमन्त्री बनाउन लागेको स्रोतले जनाएको छ ।

यस्तै, नारदमुनी राना वनमन्त्री, खगराज अधिकारी गृहमन्त्री, नैनकला थापा सन्चारमन्त्री, गणेश पहाडी सामान्य प्रशासनमन्त्री, आशा विक वनराज्यमन्त्री बन्ने बुझिएको छ । नवनियुक्त मन्त्रीहरुका लागि आजै दिउँसो ४ बजे शपथग्रहण कार्यक्रम राखिएको छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब