सिरहाका अधिकांश स्थानीय तहमा आ.व. २०७८/०७९ को सभा सम्पन्

  • असार १०, २०७८ | ७३९ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहाका अधिकांश स्थानीय तहमा आ.व. २०७८/०७९ को गाउँ । नगर सभा सम्पन भएको छ । स्थानीय संचालन ऐन २०७४ अनुसार असार १० गते गाउँ । नगर सभा गर्नु पर्ने व्यवस्था अनुसार सिरहा जिल्लाका अधिकांश स्थानीय तहले स्वास्थ्य मापदण्डलाई विशेष ध्यानमा राखी सभा सम्पन गरेको हो ।

अर्नमा गाउँपालिकाले २०७८/०७९ को आ.व.का लागि गाउँसभाबाट कुल बजेट रु.४१ करोड १५ लाख ८२ हजार सर्वजनिक गरेको छ । जस मध्ये चालु खर्च तर्फ रु. २१ करोड ३३ लाख ९६ हजार र पूँजीगत खर्च तर्फ रु.१९ करोड ८१ लाख ९६ हजार रहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द सिँहले प्रस्तुत गर्नु भयो ।

त्यस्तै गोलबजार नगरपालिकाले आ.व. २०७८/०७९ को नगरसभाबाट कुल बजेट रु. ८१ करोड ५ लाख ७५ हजार ५ सय ५० रुपैया सार्वजनिक गरेको छ । जस मध्ये चालू खर्च तर्फ रु. ४१ करोड २२ लाख ८८ हजार र पूँजीगत खर्च तर्फ रु. ३९ करोड ८२ लाख ८७ हजार ५ सय ५० रुपैयाको बजेट प्रस्तुत गरेको छ ।

त्यस्तै सुखिपुर नगरपालिकाले “ सुखी नागरीक हाम्रो पहिचान सुखी नगर सुखिपुर नगरपालिकाको अभियान” नाराका साथ आ.व.२०७८/०७९ को कुल बजेट रु.४९ करोड ३३ लाख ६५ हजार सार्वजनिक गरको छ । यस नगरपालिकाले यस वर्ष कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी बजेट सार्वजनिक गरेको हो ।

त्यस्तै सिरहा नगरपालिकाले आ.व. २०७८/०७९ को नगरसभाबाट कुल बजेट रु. ७९ करोड ४० लाख १८ सार्वजनिक गरेको छ । शिक्षा, स्वास्थ्य र कृषिलाई पहिलो प्राथमिकतामा राखी नीति तथा कार्याक्रम तयार गरिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादबले बताउनु भयो ।

यसैगरी सिरहाका १७ वटा स्थानीय तहहरु मध्ये अधिकांशले स्थानीय संचालन ऐन बमोजिम समयमा सभा सम्पन गरेको छ ।

198281816_393111032078706_6045367535654578400_n

सिरहामा हवाई फायर गरेर लागुऔषध कारोबारी पक्राउ

सिरहामा प्रहरीले हवाई फायर गरेर लागुऔषध कारोबारीलाई पक् ...

कार्तिक १२ गते बिहीबार ,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल कार्तिक १२ गते । बिहीबार । ईश्वी सन् २०२ ...

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब