उद्घाटनको तयारी अवस्थामा रहेको कमला नदीको पुल सामान्य बाढीमै भासियो

  • असार १७, २०७८ | ९५६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । निर्माण कार्य सकेर उद्घाटनको तयारी अवस्थामा रहेको सिरहा र धनुषा जोड्ने कमला पुलको पायल (खम्बा) बिहीबार सामान्य बाढीमै भासिएको छ। सामान्य वर्षाको बहाव थेग्न नसकेर पुलको दोस्रो नम्बरको खम्बा करिब एक मिटर भासिएको हो।

 पुल सामान्य वर्षाले धसेपछि पुलको गुणस्तर छानबिन गरी कारबाही अघि बढाउन प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले राष्ट्रिय सतर्कता केन्द्र र गृहमन्त्रालयलाई पत्राचार गरेको छ।

पुलमा सवारी साधन नचल्दै पुलको स्पान धसिनुमा गलत डिजाइन वा डिजाइन विपरित काम भएको हुन सक्छ कणेलले राष्ट्रिय सतर्कता केन्द्रलाई पत्र लेखेर भनेका छन्,‘कमला पुलको मापदण्ड परीक्षण गर्नु अवश्यक छ।’

निर्माण सकेर भुक्तानी पूरा लिने अवस्थामा रहेको हुलाकी सडक आयोजनाको सप्तरी सिरहा जोड्ने बलान पुलमा समेत भारवहन परीक्षण गर्नुपर्ने पत्रमा औल्याइएको छ।

हुलाकी राजमार्ग आयोजनाका पुल इन्जिनियर जयनाथ यादवले नागरिकसँग भने,‘बिहान पुल निरीक्षण गरेर जनकपुर फर्केलगत्तै कमला पुल धसेको खबर आयो। म अझैं पुग्नै सकेको छैन।’ बुझ्दा पुलको पायल करिब एक मिटर तल धसेको छ। जसका कारण पुलको सल्याब समेत धसिएको उनले बताए। पुलमा डिजाइन फेल भएको हो कि जस्तो देखिन्छ उनले भने,‘यकीन कारण त विशेषज्ञ परीक्षणबाट मात्रै थाहा हुन्छ। सामान्यता पायलको गहिराई २० देखि २१ मटर हुन्छ इन्जिनियर यादवले भने,‘यो पुलको पायलको गहिराई १४ मिटर मात्रै छ। यो पप्पु कन्स्ट्रक्सनको डिजाइन हो, उनल भने। उनकै डिजाइन र ठेक्का भएकाले अहिले पुल धस्दाको सम्पूर्ण भरपाई सोही कन्स्ट्रक्सनले व्यहोर्नुपर्ने इन्जिनियर यादवले बताए।’

सम्झौताअनुसार २०७१ मंसिर ३० गते निर्माण सकिनुपर्ने पुल निर्माणपछि धकेलिँदै गयो। दुईपटक म्याद थपिएर बल्ल पुल निर्माण सम्पन्न हुँदै थियो।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका अनुसार कमला नदीमा १२ सय मिटर चौडाइका दुई बाँधका बीचमा ४ सय ७० मिटर लामो पुल निर्माणका लागि पप्पु लुम्बिनी जेभी काठमाडौंले २४ करोड ६२ लाख रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो। ०६८ जेठ ३१ गते भएको सम्झौतामा ०७१ मंसिर ३० गते निर्माण पूरा गर्ने उल्लेख गरिएको थियो। तर, दुईपटक म्याद थपेर ०७५ मंसिर ३० गतेसम्म समय लम्ब्याइयो। तर ठेकेदारको लापर्बाहीका कारण पुल पूरा हुन नसकेपछि पुनः म्याद थपेर ०७८ असार १३ सम्म पुर्‍याइयो। र, पप्पुलाई हटाएर लुम्बिनी बिल्डर्सलाई काम सम्पन्न गर्ने जिम्मेवारी दिइएको थियो।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब