सिरहा । सिरहा जिल्लाको बिचबाट बग्ने गागंन नदीको बाँध फुटदाँ औरही गाउँपालिका वडा नं. १ हरकट्टी गाउँवासी त्रसित भएका छन् । चालु आ.ब.मा निर्माण गरिएको माटोको बाँध बाढीले बगाएपछि गाउँवसीमा त्रास फैलिएका छन् । बाँध बगेपछि औरही वडा नं. १ हरकट्टीमा ढुवान सुरु भएको छ ।
असार १५ गते देखि परेको अविरल वर्षाका कारण नदीमा आएको उच्च वहावले बाँध कमजोर भएको थियो । तर बाँध मर्मतका लागि कसैले ध्यान नदीदाँ आज गाउँ नै ढुवनामा परेको स्थानीय हरि यादबले बताउनु भयो । बाँध कमजोर भएको कुरा पटक- पटक गाउँपालिका अध्यक्षलाई जानकारी गराएपनि बाँध मर्मत भएन् । अब गाउँबासी त्रासमै घरमा बसेको छ । कति वेलला गाउँमा पानीको ढुवान हुन्छ, थाहा छैन् । हाल सम्म कुनै सरोकारवाला हामीलाई हेर्न आएको छैन् । मर्ने बच्चने भगवन भरोस अवस्था भएको यादबले बताए ।
यता विपद् व्यवस्थापन समितिको जिल्ला संयोजक सिरहा जिल्ला अधिकारीले प्रदीप राज कडेंलले भने, औरही गाउँपालिका अध्यक्ष सिद्धार्थ यादबलाई पटक- पटक सम्पर्क गरेपनि सम्पर्कमा आएन् । मसँग बाँध निर्माण गर्न सक्ने स्रोत साधान छैन् । तर पनि पानीको ढुवानमा परेका घरपरिवारलाई उद्धार गरी सुरक्षित ठाउँमा सार्ने कार्य अभिलम्ब सुरु गरिने छ । ढुवान क्षेत्रका जनतालाई कुनै किसिमका समस्या हुन नदिने कार्यमा लागि सकेका छौँ । यसका लागि सुरक्षा निकायलाई ढुवना क्षेत्रमा जाने निर्देशन गरिएको कडेंलले बताउनु भयो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved