सप्तरी- राजविराज नगरपालिकाका जनप्रतिनिधिले दुई महिनामै साढे २६ लाख रुपैयाँ भत्ता बुझे

  • साउन १४, २०७८ | ६५६ पटक पढिएको | सीमा संदेश
alt

सप्तरी । सप्तरीको राजविराज नगरपालिकाका जनप्रतिनिधिले दुई महिनामै सुविधा र भत्ताबापत २६ लाख रुपैयाँभन्दा बढी रकम बुझेकाे पाइएको छ ।

नगरपालिकाको तथ्याङ्कअनुसार गएकाे चैत र वैशाख महिनामा जनप्रतिनिधिले सुविधा र भत्ताबापत २६ लाख ५० हजार दुई सय ३० रुपैयाँ बुझेका हुन् । यसमा नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले ६६ हजार तीन सय ३० रुपैयाँ र उपमेयर साधना झाले ६७ हजार तीन सय २० रुपैयाँ बुझेका छन् ।

यसैगरी वडा नं १ का वडाध्यक्ष चन्द्रशेखर चौधरीले ३३ हजार ६ सय ६०, २ का वडाध्यक्ष अरुणकुमार यादवले ५४ हजार चार सय ५० रुपैयाँ बुझेका छन् । 

यस्तै ३ का वडाध्यक्ष सुदर्शनप्रसाद सिंह, ४ का वडाध्यक्ष अख्तर अलि मियाँ र ५ का वडाध्यक्ष समिर झाले समान ३३ हजार ६ सय ६० रुपैयाँ सुविधा र भत्ताबापत बुझेका छन् ।

यसैगरी ६ का वडाध्यक्ष प्रेमकुमार यादवले ३३ हजार ६ सय ६०, ७ का वडाध्यक्ष मागिलाल नाईले ४७ हजार सात सय २०, ८ का वडाध्यक्ष जयनारायण मण्डलले ४७ हजार पाँच सय २०, ९ का वडाध्यक्ष शम्भुप्रसाद यादवले ४२ हजार पाँच सय ७०, १० का वडाध्यक्ष सुशीलकुमार दासले ३३ हजार ६ सय ६० रुपैयाँ बुझेका छन् ।

यसैगरी ११ का वडाध्यक्ष संजयकुमार यादव र १२ का वडाध्यक्ष हरिहर यादवले समान ३३ हजार ६ सय ६०, १३ का वडाध्यक्ष राजेन्द्र प्रसाद यादवले ४७ हजार पाँच सय २० रुपैयाँ बुझेका छन् । यस्तै १४ का वडाध्यक्ष शोभा लाल मण्डल, १५ का वडाध्यक्ष राम प्रसाद यादव र १६ का वडाध्यक्ष बुचाई दासले ३३ हजार ६ सय ६० रुपैयाँ बुझेका हुन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदनकुमार थापाले प्रदेश सरकारले तोकेको बमोजिम जनप्रतिनिधिहरूले सुविधा र भत्ता पाएको बताउनुभयो । अधिकृत थापाले यसमा अतिथि सत्कारदेखि पत्रपत्रिका खर्चबापतको सुविधा र भत्ता रहेको बताउनुभयो । 

 

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब