पवनदीप राजन बने 'इन्डियन आइडल १२' को विजेता

  • साउन ३२, २०७८ | १,१०६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सोनी टीभीबाट प्रसारण हुने गायनको रियलिटी शो 'इन्डियन आइडल १२ को विजेता' पवनदीप राजन बनेका छन् ।

फाइनलमा पवनदीपको प्रतिस्पर्धा अरुणिता कांजीलाल, मोहम्मद दानिश, शनमुख प्रिया, निहाल तारो र सायली कांबलेसँग भएको थियो । निर्णायकमध्येका एक   विशाल डडलानीले पवनदीपलाई पहिलो पटक सुन्दा नै उनी एक स्टार पर्फमर भएको आफूलाई लागेको बताए ।

यो संस्करणमा शनमुख प्रिया छैटौँ स्थानमा रहिन् । त्यस्तै पाँच नम्बरमा निहाल तारो रहिन् । मोहम्मद दानिश चौथो नम्बरमा, सायली कांबले सेकेन्ड रनरअप बन्दा अरुणिता जितबाट एक कदम टाढा रहँदै फर्स्ट रनरअप बनिन् ।

पवनदीप विजेता बन्दा दर्शकदीर्घामा बसेकी उनकी आमा निकै भावुक भएकी थिइन् । पवनदीपले 'इन्डियन आइडल १२' को ट्रफीका साथै स्विफ्ट कार र २५ लाख भारु हात पारे ।

फाइनलमा अनु मलिक, सोनु कक्कड, हिमेश रेशमिया, उदित नारायण झा, अलका याग्निक, कुमार सानू, विशाल डडलानी, मीका सिंह, भारती सिंह, हर्ष लिंबाचिया, जय भानूशाली, द ग्रेट खली, सिद्धार्थ मल्होत्रा, कियारा आडवाणी र जावेद अली पनि प्रतिस्पर्धीको हौसला बढाउन पुगेका थिए । 

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब