प्रदेश २ : एक महिनामा २१ हजार बढी सवारीसाधन कारबाहीमा, पौने २ करोड राजस्व असुली

  • भदौ ४, २०७८ | ५७८ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम, भदौ ४ गते । प्रदेश २ मा साउन महिनामा तीन सय ७६ मोटरसाइकल दुर्घटना भएका छन् ।  

प्रदेश २ को सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा गरी आठवटै जिल्लामा गत साउन महिनामा मात्र सवारी दुर्घटनामा परेर ३५ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा परेर एक सय ८१ जना गम्भीर घाइते र चार सय ५५ जना सामान्य घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराले जनाएको छ । 

प्रदेश ट्राफिक कार्यालय पथलैयाले साउन महिनामा २१ हजार तीन सय २९ वटा विभिन्न किसिमका सवारीसाधनलाई कारबाही गरेको छ । जसमध्ये ६ हजार एक सय ५१ वटा मोरसाइकल नियमविपरीत चलाएको आरोपमा कारबाहीमा परेका छन् ।

ट्राफिक प्रहरीले साउनमा सवारी साधन र चालकमाथि गरिएको कारबाहीबाट एक करोड ७६ लाख ४४ हजार राजश्व संकलन गरेको छ । एक महिनामा तीन सय ९१ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा पाँच सय ६२ सवारी साधन संलग्न छन् ।  

दुर्घटना न्यूनीकरणका गर्न विभिन्न जनचेतनामूलक कार्यक्रम गरिएको, राडार गनको प्रयोग गरी तीव्र गतिमा सवारी चलाउनेमाथि निगरानी बढाएको र ओभरलोड बोक्ने सवारी साधनहरुलाई यातायात कार्यालय पठाइएको, मापसे चेकिङलाई जारी राखेको र विभिन्न जिल्लामा आवश्यकताअनुसारको आकस्मिक चेकिङ गरिएको प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब