सिरहा । यातायात व्यवस्था कार्यालय लहानले मंगलबारबाट अस्थायी सवारी चालक अनुमतिपत्र लाइसेन्स वितरण कार्य सुरु गरेको छ ।
सवारी ट्रायल परीक्षा उत्तीर्ण गरेपनि सेवग्राहीले स्मार्ट लाईसेन्स कार्डको लागि एक वर्ष कुर्नुपर्ने झन्झट अब अन्त्य भएको कार्यालयले जनाएको छ । मंगलबार कार्यालय परिसरमा पत्रकार सम्मेलन गरी अस्थायी सवारी चालक अनुमतिपत्र वितरण गरिएको थियो ।
ट्रायल परीक्षा उत्तीर्ण गरेपनि स्मार्ट लाईसेन्स कार्ड आउन एक वर्षसम्म लाग्दा त्यस अवधिसम्म यातायात कार्यालयले दिएको चिट बोकेर सवारी साधन चलाउनु पर्ने बाध्यताको अब अन्त्य भएको यातायात कार्यालय लहानका निमित्त प्रमुख मिन भट्टराईले जानकारी दिए ।
ट्रायल परीक्षा उत्तीर्ण भएका सेवाग्राहीलाई एक हप्ता भित्र क्यूआर कोर्डसहितको अस्थायी चालक अनुमतिपत्र कार्यालयले प्रदान गर्ने भट्टराईले बताए । उनका अनुसार अब कसैलेपनि चिट बोकेर सवारी साधन चलाउनु पर्ने छैन ।
देशभरीका यातायात कार्यालयको ३२ शाखा मध्ये काठमाडौं, जनकपुर, महत्तोरीको बर्दिबास र सिरहाको लहानबाट मात्र अस्थायी चालक अनुमतिपत्र वितरण हुन थालेको यातायात कार्यालय लहानका नायब सुब्बा विजय दाहालले जानकारी दिए ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved