प्रदेश २ : लोकसेवा आयोगले दोस्रो बार्षिक प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाए

  • असोज १८, २०७८ | ५२७ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम ।  प्रदेश २ लोकसेवा आयोगले आफ्नो दोस्रो बार्षिक प्रतिबेदन आज प्रदेश प्रमुख हरिशंकर मिश्रलाई हस्तान्तरण गरेको छ । लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्र प्रसाद यादवले प्रदेश प्रमुख मिश्रलाई बार्षिक प्रतिवेदन बुझाएका हुन् ।

कर्मचारीको अभाव भएपनि गत वर्ष विभिन्न सेवा र विभिन्न तहका पदका लागि ८५ वटा पाठ्यक्रमहरु निर्माण गरेको आयोगका अध्यक्ष यादवले जानकारी दिए । उनका अनुसार आयोगमा प्रदेश सरकारबाट २१ जनाको अस्थायी दरबन्दी रहेको छ । तर हाल काजका ६ जना र करारका ५ जना कर्मचारी मात्र छन् । कर्मचारी अभावमा कार्यसम्पादनमा समस्या भइरहेको छ ।

आयोगले गत वर्ष बढुवा, अन्तरसेवा तथा खुल्ला र समावेशी गरी कुल १ सय ६५ वटा विज्ञापनहरुबाट २ सय ७२ पदको लागि विज्ञापन प्रकाशित गरेको छ । जसमा बढुवातर्फ १ सय १३ पद, अन्तरसेवातर्फ १४, खुल्लातर्फ ९५ र समावेशी समूहतर्फ ५० पदको लागि विज्ञापन गरेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

आयोगले गत वर्षको फागुन २२ र २९ गते सञ्चालन गरेको अधिकृत सातौ तह इन्जिनियरिङ सेवाका २ हजार ३४८ जना परीक्षार्थीको लागि परीक्षा सञ्चालन गर्दा १ हजार ९६ जना परीक्षार्थीहरु सहभागि भएको प्रतिवेदनमा उल्लेख छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब