फेसबुक ६ घण्टा बन्द हुँदा ६ अर्ब बढी घाटा, यस्तो छ बन्द हुनुको कारण !

  • असोज १९, २०७८ | ४७९ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, असोज १९ गते । नेपाली समयअनुसार सोमबार राति संसारभरि विभिन्न मुलुकका सामाजिक सञ्जाल प्रयोगकर्ताले फेसबुक चलाउन पाएनन् । फेसबुकसँगै इन्स्टाग्राम, ह्वाट्सएप, मेसेन्जर र ओकुलसले काम गर्न छोडेका थिए।

यो क्रम लगभग छ घन्टा चल्यो। झन्डै ६ घन्टापछि फेसबुकले प्राविधिक समस्या समाधान भएको र आफ्ना सबै सामाजिक सञ्जाल साइट र एपले काम गर्न थालेको जनाएको छ।

फेसबुकसहितका साइट बन्द भएर फेरि सुरू हुँदासम्म फेसबुकका सिइओ मार्क जुकरबर्गले भने ६ अर्बभन्दा बढी अमेरिकी डलर गुमाएका छन्।

ब्लुमबर्गका अनुसार सोमबार फेसबुकको सेयर मूल्य ४.९ प्रतिशतले घटेको छ। मध्य सेप्टेम्बरयता मात्रै फेसबुकको सेयर मूल्य झन्डै १५ प्रतिशतले ओह्रालो लागेको छ।

सेयरको मूल्य घटेसँगै जुकरबर्गको सम्पत्ति पनि घटेको छ। ब्लुमबर्ग बिलिनियर्स इन्डेक्समा उनी पाँचौं नम्बरमा झरेका छन्। यसअघि उनीभन्दा पछि रहेका बिल गेट्सले जुकरबर्गलाई पछि पारेका छन्।

यसअघि सेप्टेम्बर १३ मा अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलले फेसबुकको प्रणालीमा समस्या रहेको स्टोरीहरू प्रकाशित गरेको थियो।

सोमबार फेसबुकमा समस्या नै देखिएपछि यो विषयले अमेरिकी सरकारी अधिकारीको ध्यान तानेको छ।

यस्तै झन्डै ६ घण्टा फेसबुक अवरुद्ध हुनुको कारण फेसबुकले सार्वजनिक गरेको छ।

फेसबुक कम्पनीका अनुसार आफ्नो राउटरमा गरिएको कन्फिग्रेसन परिवर्तनका कारण फेसबुकसहित, म्यासेञ्जर, इन्स्टाग्राम, ह्वाट्सएप र अकुलस भीआरको सेवा डाउन हुन पुगेको हो।

फेसबुकले आफ्नो ब्लगमार्फत भनेको छ, ‘डेटा सेन्टरहरूबीचको नेटवर्क ट्राफिकमा ठूलो समस्या आउँदा हाम्रा सबै सेवा बन्द भएका हुन्।’

फेसबुकका आधारभूत पूर्वाधार _बेसिक इन्फ्रास्ट्रक्चर) उपाध्यक्ष सन्तोष जनार्दनले भनेका छन्, ‘नेटवर्क यातायातमा यो अवरोधले हाम्रो डाटा सेन्टरको सञ्चार गर्ने तरिकामा ठूलो असर पार्यो र हाम्रा सेवा बन्द भए।’

सामान्य अर्थमा फेसबुकका प्रविधिले एकअर्कासँग गर्नुपर्ने सम्पर्क विच्छेद हुँदा सेवा अवरुद्ध भएको बुझ्न सकिन्छ।

यो फेसबुक कम्पनीका लागि सन् २०१९ देखि यताकै ठूलो अवरुद्धता हो। त्यस वर्ष पनि २४ घन्टाभन्दा बढी समय फेसबुकका सेवा डाउन भएका थिए।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब