चुरे अभियानीले पनि घेरे प्रदेश २ मुख्यमन्त्री कार्यालय, भ्रष्ट वन मन्त्री राजीनामा दे !

  • असोज १९, २०७८ | १,१५७ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । चुरे तथा वनजंगल संरक्षण अभियानले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयलाई घेराउ गरेको छ । चुरे अभियानीसंग गरिएको सम्झौता अनुसार २१ दिन भित्र प्रदेश सरकारले छानवीन गरि प्रतिवेदन सार्वजनिक गर्नुपर्नेमा सार्वजनिक नगरिएको र गैरसुकुम्वासीलाई बाडीएको जग्गा वदरको माग सहित मंगलवार मुख्यमन्त्री कार्यालय घेराउ गरेको हो ।

जनकपुरधामको स्टेशन एरियाबाट निकालिएको अभियानीको विरोध जुलुस नगर परिक्रमा गर्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको गेट अगाडी कोणसभामा परिणत भएका थिए । सुकुम्वासीलाई न्याय दे, भ्रष्ट बन मन्त्री राजीनामा दे लगायत विभिन्न प्लेकार्डबोकेर नगर परिक्रमा गर्दै प्रदेशका वनमन्त्री विरुद्ध प्रर्दशन गरेका थिए ।

कोणसभामा वोल्दै चुरे तथा वनजंगल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल कुमार यादवले प्रदेश सरकारले २१ दिन भित्रमा छानवीन प्रतिवेदन सार्वजनिक गर्ने प्रतिवद्धतालाई यथासिघ्र पालना गर्नुपर्ने र महोत्तरी जिल्लाको भंगहा नगरपालिकास्थित सुकुम्वासीको नाउमा बाडिएको जग्गा गैर सुकुम्वासीहरुलाई बाडिएकोले छानवीन गरि गैर सुकुम्वासीहरुले प्रयोग गर्दै आएको जग्गा वदर गरेर असली सुकुम्वासीलाई प्रदान गर्नका लागि पहल गर्नुपर्ने वताए ।

अभियानले मंगलवारनै गैर सुकुम्वासीले कव्जा गरेको जग्गा वदर गरी असली सुकुम्वासीलाई जग्गा प्रदानको माग गर्दै मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र वुझाएको छ । अभियानका राष्टिय सल्लाहकार सरोज रायले ज्ञापनपत्र वुझाएका थिए ।

अभियानले वुझाएको ज्ञापनपत्रमा उल्लेख भए अनुसार भुमी समस्या समाधान गर्ने नाउमा जिल्लाको ऐलानी पर्तिहरुको साथै बन तथा चुरे वनको हजारौ हेक्टर जग्गा सुकुम्वासीहरुलाई वितरण गरियो तर आज पनि सुकुम्वासीको समस्या जस्ताको त्यस्तै रहेको छ । समस्या सामाधान नहुने प्रमुख कारणको रुपमा सुकुम्वासीको नाउमा गैर सुकुम्वासीहरुलाई जग्गाको लालपुर्जा वितरण गरियो । वि.स. २०५४ सालमा सुकुम्वसाी आयोग महोत्तरीद्धारा वितरण गरिएको देखिएको छ ।

जग्गाको लालपुर्जा गैर सुकुम्वासीलाई वढि वितरण गरिएको देखिएको हुनाले २०५४ देखि हालसम्म सुकुम्वासी आयोग महोत्तरीले वितरण गरेको जग्गाको लालपुर्जा छानवीन गरि गैर सुकुम्वासीको नाउमा रहेका जग्गाको लालपुर्जा बदर गरि दोषी देखिएकालाई कानुनी कारवाही गरियोस् भनेर ज्ञापन-पत्र मार्फत माग गरिएको छ । कार्यक्रममा महोत्तरीका सयौ पिडीत सुकुम्वासीहरुको सहभागीता रहेको थियो ।

डिभिजन वन कार्यालय सिरहामा अनियमीतता र मारुती सिमेन्टले चुरे वनको जग्गा अतिक्रमण गरि प्रयोग गरेको सम्वन्धमा छानवीन गरि जग्गा फिर्तीका लागि चुरे अभियानीले ९ दिन सम्म जनकपुरधामको जनकचौकमा आमरण अनसनमा बसेका थिए ।

अनसनको नवौ दिनमा प्रदेश सरकारको तर्फबाट भौतिक योजना मन्त्री रामसरोज यादवले २०७८ भदौं ४ गते अनसनकारीसंग सात वुंदे सम्झौता गर्दै २१ दिनभित्र छानवीन समितिले प्रतिवेदन सार्वजनिक गर्ने प्रतिवद्धता जनाएका थिए ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब