आफ्नै देशका नागरिकलाई बन्धक बनाएर रकम असुल्न नेपाल आए दुई पाकिस्तानी

  • असोज २२, २०७८ | ४७७ पटक पढिएको | सीमा संदेश
alt

२१ असोज, काठमाडौं । गत सोमबार साँझ ललितपुरको धापाखेलस्थित सिभिल होम्सस्थित एउटा घरको झ्यालबाट विदेशी नागरिक हाम फालेर भागे। ती व्यक्तिलाई स्थानीयले देखेर सोधखोज गरे।

उनी पाकिस्तानी नागरिक फैजान अहमद रहेछन्। त्यही दिन बिहान ७ः४० मा काठमाडौं आइपुगेका उनले बिहानैदेखि त्यो घरमा आफूलाई बन्धक बनाएर राखिएको बताए। 

त्यहाँबाट उम्किन झ्यालबाट हामफालेका रहेछन् उनी। त्यसपछि स्थानीयले प्रहरीको हटलाइन १०० मा फोन गरेर घटनाबारे जानकारी गराए। 

सातदोबाटो वृत्तबाट प्रहरीको टोली तत्काल घटनास्थलमा पुग्यो। वृत्तको टोलीले सोधीखोजी गर्दा उनले आफूलाई त्यो घरमा दुई भारतीय नागरिकले बन्धक बनाएको बताएका थिए।

तर, अनुसन्धानका क्रममा उनलाई बन्धक बनाउने व्यक्ति पनि पाकिस्तानी नै रहेको खुल्यो। जिसान मोहमद र ताज रिजवानले उनलाई बन्धक बनाएर कुटपिट गर्दै २० हजार अमेरिकी डलर मागेका थिए। तर, अपहरणकारीले आफू भारतीय नागरिक भएको बताउँथे। 

उनीहरु असोज ३ गते मात्रै नेपाल आएका थिए। सिभिल होम्सको त्यो घर भाडामा लिँदा पनि उनीहरुले भारतीय नागरिक नै भएको बताएका रहेछन्। घरभाडा बापत उनीहरुले डेढलाख रुपैयाँ बुझाएका थिए। 

फैजानले आफूलाई भारतीयले अपहरण गरेको बताएपछि सातदोबाटो वृत्तले प्रहरी परिसर ललितपुरमा खबर ग¥यो। अपहरण भनेपछि ललितपुरबाट थप टोली पुग्यो। र अनुसन्धान सुरु ग¥यो। 

फैजान झ्यालबाट भागेपछि उनलाई बन्धक बनाउने दुई जनाले पनि घर छाडेका थिए। घरभित्र कोही पनि फेला परेनन्। फैजानलाई बन्धक बनाएको कोठामा लाठी र डोरी फेला पर्यो। 

दुई पाकिस्तानीले विमानस्थलबाट सिमकार्ड लिएका थिए। त्यहीँबाट उनीहरु भारतीय नभएर पाकिस्तानी भएको खुल्यो।

ललितपुर परिसरका अनुसन्धान अधिकृतले भने, ‘उनीहरुको कल डिटेल रिपोर्ट र लोकेसन हेर्यौँ। ठमेलमा रहेको पत्ता लग्यो।’ 

त्यसपछि प्रहरीले ठमेलमा खोजतलास गर्यो। रातभर खोजतलास गर्दा पनि उनीहरु फेला परेनन्। ती पाकिस्तानीलाई चिनेका व्यक्ति पनि प्रहरीको टोलीमा थिए। 

भोलिपल्ट बिहानैबाट प्रहरी परिसर ललितपुरको टोलीले ठमेलमा अप्रेसन थाल्यो। 

अन्ततः उनीहरु रातको साढे ८ बजे नर्सिङ चोकको एक होटलमा ग्रिल चिकेन खाइरहेका भेटिए। सँगै रहेका सिभिल होम्सका व्यक्ति र पीडितलाई सोधेपछि अपहरणमा संलग्न व्यक्ति उनीहरुनै भएको पुष्टि भयो। 

त्यसपछि प्रहरीले उनीहरुलाई पक्राउ गर्यो।

क्यानडा पठाउने भनेर ल्याइयो काठमाडौँ
पाकिस्तानी नागरिकहरुका लागि क्यानडा रोजगारीको आकर्षक गन्तव्य हो। तर, पाकिस्तानीलाई त्यहाँसम्म पुग्न सहज छैन। क्यानडाले पाकिस्तानीलाई सहजै स्वीकार्दैन। 

अपहरित फैजानलाई पनि पहिले काठमाडौँ जाने, त्यहाँबाट क्यानडा पठाउने भनिएको रहेछ। क्यानडा जानका लागि लाग्ने रकम गन्तव्यमा पुगेपछि मात्रै दिने सर्त थियो। एयर अरेबियाको विमानमा यूएईको शारजहाँ हुँदै उनी काठमाडौँ ओर्लिएका थिए। 

काठमाडौं आउँदासम्म आफ्नो हवाई भाडाबाहेक फैजानको खर्च भएको थिएन। उनलाई लिन ट्याक्सी लिएर दुई पाकिस्तानी विमानस्थलमै पुगेका थिए। 
धापाखेल पुर्याएपछि मात्रै उनीहरुले आफ्नो धन्दा सुरु गरे। 

‘यदि फैजान नभागेको भए उनको हत्या हुनसक्थ्यो। त्यसपछि अपहरणकारीहरु स्वदेश फर्किने उदेश्य देखिन्छ,’ परिसरका अनुसन्धान अधिकृत भन्छन्। 

उनी भागेपछि अपहरणमा संलग्नहरु पक्राउ पर्ने डरले ठमेल पुगे। त्यहाँ पुगेपछि भने पक्राउ नपर्नेमा उनीहरु ढुक्क देखिन्थे। उनीहरुलाई स्थलमार्गबाट उम्कने ठाउँ भएन। भारतमा झनै अप्ठेरोमा पर्ने डरले स्थलमार्गबाट गएनन्। विमानस्थलको विकल्प थिएन। 

प्रहरीले पक्राउ गरेपछि उनीहरुको कमाउने सपना पुरा भएन। आफ्नो खर्च भयो, अर्काको देशमा हिरासत बस्नु पर्यो। उनीहरु यहाँसम्म आउनुको कारण र अन्य व्यक्तिको कनेक्सन पनि हेरिरहेको ललितपुर प्रहरीले जनाएको छ। 

उनीहरु अहिले ललितपुर प्रहरी परिसरको हिरासतमा छन्।

गोलबजारमा आज दिनभरका लागि कर्फ्यु खुकुलो बनाइयो

जिल्ला प्रशासन कार्याल सिराहाले आज (आइतवार)  बिहान ...

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन

मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअ ...

संयुक्त हिन्दू मोर्चाले गृहमन्त्री सुदनलाई बुझायो

हिन्दूवादी संघसंगठनहरुले संयुक्त रुपमा बनाएको संयुक्त ह ...

दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को उपाधि

दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । ललि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब