कमला नदीको पुलको अर्को स्पान पनि भासियो

  • कार्तिक ३, २०७८ | ८२३ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

३ कात्तिक, सिरहा । हुलाकी सडकको मेरुदण्डको रुपमा रहेको सिराहा र धनुषा जोड्ने कमला नदीमा निर्माणाधीनकमला नदीको पुलको अर्को स्पान पनि भासिएको छ ।

दुई दिनको लगातारको बर्षाले कमला नदीमा आएको बाढीले केही महीनाअघि मात्रै निर्माण भएको पुलको धनुषातर्फबाट ३ नम्बरको स्पान पनि तल भासिएको हो ।  

पुलको पाया उत्तरतर्फबाट दुई फिटजति तल भासिएको छ। पाया भासिएपछि पुलबाट पैदल आवतजावत रोकेर प्रहरी खटाइएको छ। यसअघि गत असार १६ मा आएको बाढीले नदीको सिराहातर्फबाट दाेस्रो पाया भासिएको थियो। पाया भासिएसँगै पुलको स्ल्याब नदीमा खसेको छ। 

०६८ मा  पप्पु–लुम्बिनी जेभीले पौने २५ करोडमा ठेक्का लिई निर्माण थालेको पुलको काम सक्न अझै बाँकी रहेको छ । सात वर्षसम्म पप्पु कन्स्ट्रक्सनले सुस्त गतिमा काम गरेपछि हुलाकी राजमार्ग निर्देशनालय जनकपुरधामले हटाएर लुम्बिनी बिल्डर्सलाई जिम्मेवारी सुम्पेको थियो ।

गत तीन वर्षदेखि लुम्बिनी बिल्डर्सले कमला पुल निर्माण थालेको र ९५ प्रतिशत काम सम्पन्न भइसकेको थियो। पुलको फिनिसिङ गरी साउन पहिलो साता उद्घाटन गर्ने तयारी भइरहँदा असारमा आएको बाढीले पाया नै भासिएको थियो।

पुलको पाया भासिएपछि पछिल्लो चार महिनादेखि निर्माण कम्पनी र आयोजना कार्यालयले कुनै वास्ता नै राखेका थिएन्। आइतबारदेखिको अरिवल वर्षापछि कमला नदीमा पानीको बहाब बढेसँगै अर्को पाया पनि भासिएको हो।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब