फिल्मिशैलीमा जनमत पार्टीले जनकपुर खानेपानी संस्थानका हाकिमलाई अर्धनग्न गरी बजार घुमायो

  • कार्तिक ४, २०७८ | १,१४१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, कार्तिक ४ गते । ढल निर्माणमा अनियमितता भएको भन्दै जनमत पार्टीका कार्यकर्ताहरुले नेपाल खानेपानी संस्थान जनकपुरका निमित्त प्रमुखलाई अर्धनग्न गरी जनकपुर बजार घुमाएका छन् ।

जनमत पार्टीका नेता कार्यकर्ताहरुले नेपाल खानेपानी संस्थान जनकपुरधामका निमित्त प्रमुख राजेश्वर कुश्वाहालाई कुटपीट गर्दै नगर परिक्रमा गराएका हुन् ।

जनकपुरधामको रामानन्द चोकस्थित रहेको सो कार्यालय लाठी सहित पुगेका जनतम पार्टीका दर्जनौँ कार्यकर्ताहरुले निमित्त प्रमुख कुश्वाहालाई जबरजस्ती कार्यालयबाट बाहिर निकालेर कुटपीट गर्दै नगर परिक्रमा गराएका थिए ।

उनीहरुले निमित्त प्रमुख कुशवाहकाको कपडा च्यातेर अर्धनग्न बनाइ हिलो दलि अर्धनग्न गर्दै घुमाएका हुन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ स्थित ढल निकासको लागि पटक पटक लिखित र मौखिक गुनासो गर्दा समेत ध्यान नदिएकाले जनकारबाही गरिएको जनमत पार्टीले जनाएको छ ।

जनमत पार्टीका नेता कार्यकर्ताहरुले साइकल चोर देश छोड्, भ्रष्ट मेयर चाहिदैन लगायतका नाराहरु समेत लगाएका थिए ।

गोलबजारमा आज दिनभरका लागि कर्फ्यु खुकुलो बनाइयो

जिल्ला प्रशासन कार्याल सिराहाले आज (आइतवार)  बिहान ...

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन

मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअ ...

संयुक्त हिन्दू मोर्चाले गृहमन्त्री सुदनलाई बुझायो

हिन्दूवादी संघसंगठनहरुले संयुक्त रुपमा बनाएको संयुक्त ह ...

दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को उपाधि

दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । ललि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब