सिरहा । जनमत पार्टिले सिरहा सदरमुकाममा रंगभेद विरुद्ध एकता दिवस मनाइएको छ । विभिन्न नारा लगाउँदै जनमत पार्टिले एकता दिवस मनाइएको छ ।
जनमत पार्टिका कार्यकर्ताहरुले पार्टिको झण्डा बोकी सिरहा सदरमुकाममा र्याली गर्दै रंगभेद गरे जनमत पार्टिले जनकरवाही गर्ने भन्दै रंगभेद विरुद्ध विभिन्न नारा लगाई नगर परिक्रमा गरेका छन् ।
प्रदेश नं.२ सरकार माथि खनिदै कार्यकर्ताहरुले मुख्य मन्त्री कार्यालयमा भएको भ्रष्टाचार अभिलम्ब छानभिन गरी दोषी उपर करवाहीको माग गर्दै अख्तियार दुरउपयोग अनुसन्धान आयोगलाई खवरदारी लगायतका नारा पनि लगाएका छन् ।

Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved