परिर्तनका लागि काँग्रेस एक ढिक्का हुन्छ : काँग्रेस कोषाध्यक्ष सितादेवी

  • मंसिर १२, २०७८ | ६२८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा,१२ मंसिर । विगतमा भएको दण्डहिनता अन्त्य गर्दै परिवर्तनका लागि काम गर्न काँग्रेस एक ढिक्का हुने नेपाली काँग्रेस केन्द्रिय कोषाध्यक्ष सितादेवी यादवले बताएकी छन् । नेपाली काँग्रेस सिरहा क्षेत्र नं.३ को १४ क्षेत्रिय अधिवेशनको उद्घाटन समारोहमा त्यस्तो बताइन् । 

विभिन्न खाले खोक्रो नारा दिएर कम्युनिष्ट पार्टीहरुले जनताको मत प्राप्त गरेर देशमा भ्रष्टाचार, दण्डहिनता र कुशासनको पद्धतिको विकास गर्नु वाहेक जनमुखी तथा परिवर्तनकारी खासै काम नगरेको उनले आरोप लगाइन् । जनतामाथि भएको अन्याय, अत्याचारलाई सुशासनको पद्धति ल्याएर जनमुखी परिवर्तन गर्नका लागि आउदो महाधिवेशनबाट काँग्रेस एक ढिक्का भएर काम गर्ने उनले विश्वास व्यक्त गरिन् । 

‘जनता सधै परिवर्तन खोज्यो,’उनले भनिन्,‘जब–जब देशमा संकट आयो तब तब काँग्रेसको उदय भएको छ । काँग्रेसले आफ्नो जिम्मेवारी निर्वाह गरेका छन् । विगतमा कम्युनिष्टहरुले देशमा मचाएको जनविरोधी क्रियाकलापलाई नियन्त्रण गर्दै जनमुखी काम गर्न काँग्रेस अघि बढ्ने छन् ।’ 

शासन पद्धति परिवर्तन भएर संघीय प्रणाली अनुसार तीन तहमा सरकार संचालन गर्ने अवधारणाको विकास भयो तर प्रवृतिमा सुधार नआएको उनले गुनासो गरिन् । काँग्रेस वाहेक अरु कुनै पनि शक्तिले देश र जनताको विकास गर्न नसक्ने जिकिर गर्दै उनले काँग्रेसको पक्षमा सबैलाई लाग्न आव्हान गरिन् । 

देशमा आएको संकटहरुलाई निकास दिँदै जनहितकारी चौतर्फी काम र पार्टीको नीतिमा अघि बढ्दै इतिहास बनाएको काँग्रेसले आउदो महाधिवेशनबाट अझ समावेशी तवरले काम गर्ने नीतिका साथ अगाडि बढ्दै आएको नेता नसिर सिद्धिकीले बताए । उनका अनुसार सबै जात–जाती, धर्म र संस्कृति तथा भुगोलका बासिन्दाहरुको साझा थलो काँग्रेस बन्ने छन् ।

निवर्तमान क्षेत्रीय सभापति संजय प्रकाश यादवको अध्यक्षतामा भएको उद्घाटन समारोहमा काँग्रेसका नेताहरु डा.सुभाषचन्द्र यादव, जीवछ गुप्ता, अषिशलाल यादव तथा अर्नमा गाउँपालिकाका सभापति धर्मदेव कामति, विष्णुपुर गापाका सभापति जयनाथ महतो, गोलबजार नपाका सभापति राजदेव साह लगायतले क्षेत्रीय अधिवेशन सफलता र काँग्रेसको अगामी रणनीतिबारे आ–आफ्नो विचार व्यक्त गरे ।  

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब