गोलबजारमा प्रदर्शनकारीको ढुंगामुढाबाट ९ प्रहरी घाइते, ६ घण्टापछि खुल्यो राजमार्ग

  • पुस ५, २०७८ | १,०३१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहाको गोलबजारमा बन्द पूर्वपश्चिम राजमार्ग खुलाउने क्रममा प्रदर्शनकारीको ढुंगामुढाबाट ९ जना प्रहरी घाइते भएका छन् । छुरा प्रहार गर्नेलाई कारबाहीको माग गर्दै सिरहाको गोलबजारमा स्थानीयबासिन्दाले अवरुद्ध गरेको राजमार्ग खुलाउने क्रममा दिउँसो प्रहरीले बल प्रयोग गरेपछि ढुंगामुढा भएको थियो । जसमा प्रहरीले स्थिति नियन्त्रणमा लिन ७ सेल अश्रु ग्यास समेत प्रहार गरेका छन् ।

प्रदर्शनकारीको ढुंगामुढाबाट नेपाल प्रहरीका ५ जना र शसस्त्र प्रहरीका ४ जना गरी ९ प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डिएसपी सुभाष बुढाथोकीले टुडेपाटीलाई जानकारी दिए । उनका अनुसार एकजना प्रदर्शनकारी समेत घाइते भएका छन् । स्थानीयबासिन्दाले अवरुद्ध गरेको राजमार्ग ७ घण्टापछि खुलेको छ ।

प्रहरीले आइतबार गरेको सहमति बमोजिम २४ घण्टा भित्र दोषीलाई पक्राउ नगरेको भन्दै स्थानीय बासिन्दाले सिरहाको गोलबजारमा बिहान १० बजेदेखि राजमार्ग अवरुद्ध गरेका थिए । अपराहन्न ४ बजे सडक अवरुद्ध खुलेको डिएसपी बुढाथोकीले बताए । शनिबार साँझ छुरा प्रहारबाट गोलबजार नगरपालिका ६ हटियाका २६ वर्षीय रामकुमार सदाको मृत्यु भएको थियो भने उनका साथी निकेश सदा गम्भीर घाइते छन्।

छुरा प्रहार घटना विरुद्ध आइतबार बिहानैदेखि स्थानीयहरु राजमार्ग अवरुद्ध गरी आन्दोलनमा उत्रेका थिए । सो क्रममा राजमार्ग खुलाउन स्थानीय र प्रहरीबीच दोषीलाई २४ घण्टाभित्र पक्राउ गरी कारबाही गर्ने, मृतक परिवारको क्षतिपुर्तिको लागि पहल गर्ने र घाइतेलाई निःशुल्क उपचारको व्यवस्था गर्ने सहमति भएको थियो ।

तर, सहमति अनुसार प्रहरीले २४ घण्टा भित्र दोषी पक्राउ नगरेको भन्दै स्थानीय बासिन्दा पुनः सोमबार १० बजेदेखि सडक अवरुद्ध गरी आन्दोलनमा उत्रेका थिए । भोलि मंगलबार बिहानसम्म दोषीलाई पक्राउ नगरे पुनः राजमार्ग अवरुद्ध गर्दै प्रदशर्न गर्ने स्थानीय शिवचन्द्र सदाले चेतावनी दिए ।

प्रहरीले छुरा प्रहार गर्ने समूहका दुईजनालाई आइतबार नै पक्राउ गरेको डिएसपी बुढाथोकीले बताए । तर उनले अनुसन्धान भइरहेका भन्दै पक्राउ परेकाको परिचय खुलाउन मानेनन् ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब