प्रदेश २ का नामको लागि ‘मधेश, जानकी, मिथिला-भोजपुरा र मध्य मधेश प्रदेश’ प्रस्ताव पेश

  • पुस ८, २०७८ | ४९७ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम, पुस ८ गते । प्रदेश २ को नामाकरणका लािग प्रदेशसभा बैठकमा पाँच वटा प्रस्ताव पेश भएको छ । आज बसेको प्रदेशसभा बैठकमा ‘मधेश प्रदेश’, ‘जानकी प्रदेश’, ‘मध्यमधेश प्रदेश’ र ‘मिथिला भोजपुरा’ नाम पेश गरिएको हो ।

मधेश प्रदेश प्रस्ताव सत्तारुढ दल जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रले गरेको छ भने प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले त्यसको समर्थन गरेको हो ।

त्यस्तै अर्का सत्तारुढ दल नेकपा एकिकृत समाजवादी पार्टीको तर्फबाट प्रदेशको नाम जानकी प्रदेश प्रस्ताव पेश गरिएको हो ।

कांग्रेसले मिथिला भोजपुरा नामको प्रस्ताव पेश गरेको छ भने कांग्रेसकै प्रदेशसभा सदस्यले मध्य मधेश प्रदेश प्रस्ताव पेश गरेको हो ।

जसपाको तर्फबाट शैलेन्द्र कुमार यादव, माओवादी केन्द्रको तर्फबाट भरत प्रसाद साह, नेकपा एसको तर्फबाट प्रमोद कुमार यादव, नेपाली कांग्रेसको तर्फबाट शिवचन्द्र चौधरीले नामको प्रस्ताव पेश गरेका हुन् भने कांग्रेसकै राजेश्वर प्रसाद शाले मध्यमधेश प्रदेश नामको प्रस्ताव पेश गरेका हुन् ।

नेकपा एमालेको तर्फबाट प्रस्ताव गरिएको नामाकरणको प्रस्ताव भने आज पेश हुन सकेको छैन् । सभामुख सरोज यादवले शारदा थापाले नामाकरण सम्बन्धमा पेश गर्ने भनिएको प्रस्ताव कार्यसूचीबाट हटाइएको जानकारी दिए ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब