जनमत पार्टिको आमहडतालको कारण सिरहाको जनजीवन प्रभाबित

  • पुस ११, २०७८ | ७४९ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ११ पुस । जनमत पार्टीले गरेको सिरहा आमहडतालको अवज्ञा गरेको भन्दै एक ट्रकमा आगजीसँगै दर्जनौ गाडी तोडफोड गरेका छन् । आमहडतालको क्रममा प्रहरीले दमन गरेकोभन्दै उनीहरुले सिरहाको नरहा गापा- ३ नयाँ चोहर्वा नजीक रोकी राखेको ना ५ ख ५५२२ नम्वरको ट्रकमा आगजानी गरेको हो ।

आगजानीबाट ट्रक पूर्ण रुपले जलेर नष्ट भएको छ । जनमत पार्टीका कार्यकर्ताले भने आफूहरुले आजनी नगरेको जनाएको छ । उनीहरुले आन्दोलनमा घुसपैठ भएको भन्दै हामीलाई बदनाम गराउने तत्वले आजगानी गरेको जनाएको छ । झुठो मुद्दामा प्रहरीले किसानलाई पक्राउ गरेको भन्दै जनमत पार्टीले आज सिरहा आमहडतालको आव्हान गरेको कारण सिरहाका जनजीवन विहानैबाट तनावग्रस्त बनेको छ ।siraha 6
आमहडतालका कारण आज विहानैदेखि लहानसहित सिरहाको मिर्चैया, गोलबजार लगायतका बजार, पसल, करकारखाना ठप्प छ भने राजमार्गमै सबारी साधनहरु रोकिदाँ यात्रुहरु बाटोमै अलपत्र परेका छन् । आमहडताल सफल बनाउन विहानैदेखि जनमत पार्टीका नेता कार्यकर्ताहरु पुर्व पश्चिम राजमार्ग अन्तर्गत सिरहाको बिभिन्न स्थानमा टायर बालेर प्रदेर्शन छन् । आमहडताल खुलाउन प्रहरी र प्रदर्शनकारी बीच पटक पटक झडप भएको जनाएको छ ।

आमहडताल आव्हान गरेको जनमत पार्टीका कार्यकर्ताहरुले सिरहाको गोलबजार, मिर्चैया लगायतका स्थानमा दर्जनबढी सबारी साधनमा तोडफोड गरेका छन् । अबरुद्ध राजमार्ग खुलाउन प्रहरीले प्रयास गर्दा मिर्चैयामा प्रहरी र प्रदर्शनकारी बीच झडप समेत भएको स्थानीयले बताएका छन् । आमहडताल सफल बनाउन हिडेको एक दर्जन नेता कार्यकर्ताहरुलाई गोलबजार र मिर्चैयाबाट पक्राउ गरेको इलाका प्रहरीले जनाएको छ ।

सिरहाको औरही गाउँपालिकाले गहुँको बिउ बाँड्न ढिलाई गरेको भन्दै किसानहरुले गाउँपालिकाको गोदामबाट गहुँ लगेका थिए । गहुँको बिउ लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले एक जना किसानलाई पक्राउ गरेको भन्दै जनमत पार्टीले आज सिरहा आमहडतालको आव्हान गरेको हो ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब