सिरहा । डा. सीके राउत नेतृत्वको जनमत पार्टी आन्दोलन समिति सिरहाले गरेको आमहडतालका कारण सोमवार सिरहाको जनजिवन प्रभावित भएको थियो। आमहडतालको पूर्ण प्रभाव पूर्व(पश्चिम राजमार्गमा बढी देखिएको थियो। तोडफोड र आगजनीको डरले पूर्व(पश्चिम राजमार्गमा प्रहरीले स्कटिङ गरेर सवारी साधनलाई गन्तव्यमा पुर्याउन बाध्य भएका थिए ।
राजमार्ग सुचारु राख्न चोक चोकमा प्रहरी परिचालित थियो। दिउसो करिब तीन बजे लहान क्षेत्रमा जनमतका कार्यकर्ताले टायर बालेपछि कसहामा सयौं गाडी अलपत्र परेका थिए । बन्दीपुरदेख लहानसम्म प्रहरीले स्कटिङ गरी गाडीलाई गन्तव्य सम्म पुगाउने कार्य दिन भरी चलिरहियो।
औरही गाँउपालिकाले गहुंको बीउ लुकटेको भन्दै चार जना किसानमाथि मुद्दा दर्ता गराएको र एक जनालाई प्रहरीले पक्राउ गरेपछि जनमत पार्टी आन्दोलित बनेको छ । आइतबार सिरहा आमहड्ताल गरेका उक्त पार्टीले सोमवार पनि आमहडताललाई निरन्तरता दिएको थियो ।
आइतबार आमहड्तालको अवज्ञा गरेको भन्दै जनमतका कार्यकर्ताले चोहर्वामा ना ५ ख ५५२२ नम्बरको ट्रकमा आगजनी तथा मिर्चैया र गोलबजारमा दर्जनौं गाडी तोडफोड गरेका थिए । आन्दोलनमा प्रहरीले दमन गरेको र आफ्ना १४ कार्यकर्तालाई पक्राउ गरेको जनमत पार्टीले जनाएको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved