सिरहामा भोली र पर्सी पनि चक्काजाम गर्ने जनमत पार्टीको निर्णय

  • पुस १२, २०७८ | ६३२ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । जनमत पार्टी आन्दोलन समितिले किसानको पक्षमा गरिरहेको आन्दोलनलाई लम्ब्याउने निर्णय गरेको छ । आईतवारको सिरहा जिल्ला आमहड्ताल र सोमवारको चक्काजामको समिक्षा पश्चात समितिले भोली (मंगलवार) र पर्सी (बुधवार) समेत सिरहा जिल्लाभर चक्काजाम गर्ने निर्णय गरेको हो ।

समितिका पवन यादवले विज्ञप्तीमार्फत मंगलवार र बुधवार समेत सिरहा जिल्लामा चक्काजाम यथावत रहने जानकारी दिएका हुन् । किसान आन्दोलनलाई एक्यवद्धता जनाउदै गरेको आमहडतालमा प्रशासनद्धारा किसानहरुमाथि भएको व्यापक दमनप्रति घोर भत्र्सना गर्दै पक्राउ परेका कार्यकर्ताको बिनाशर्त रिहाइको माग समेत गरेका छन् ।

किसानको समस्या समाधान प्रति अग्रता नदेखाउनु उल्टै किसानमाथि प्रशासनले दमन नीति लिनु आफैमा निन्दनीय रहेको समितिले ठहर गरेको छ । पक्राउ परेका किसानहरु मिथिलेश यादव, सुभाष चौधरी, पटवारी ठाकुर, रुकेश साह श्याम यादव, उमा महतो, सुरेन्द्र यादव, हरेकृष्ण साह सुरेश कामती देव कुमार मुखिया रामवृक्ष यादव, बालेश्वर यादव, महेश यादव, हिरालाल यादवसहितका नेता तथा कार्यकर्तालाई रिहा गर्नुपर्ने लगायतका माग समितिको छ ।

समितिको अन्य मागहरु यस्तो छ :
१) किसान उपर लगाईएका झुठा मुद्दा फिर्ता गर ।
२) सरकारले सिचाईको व्यवस्था गर्नुपर्ने वा सिचाईको लागि विद्युत निशुल्क गर्नुपर्ने
३) किसानका लागि समयमा मल, बिउ र खादको व्यवस्था गर
४) हावा हुरी र वर्षाका कारण क्षति भएका वालीनाली वापत किसानको लागी राहत सिघ्र उपलब्ध गराऊ ।
५) किसानहरुको बालीनालीको उचित बजार मुल्य कायम गर
६) स्थानीय निकायमा भएको चरम भ्रष्टाचारको छानवीन गरी दोपीलाई जेल चलान गर ।269719656_647269103366696_120319154685004073_n

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब