सिरहामा लगाइएको निषेधाज्ञा फिर्ता

  • पुस १३, २०७८ | ४८४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । स्थानीय प्रशासनले सिरहामा लगाएको निषेधाज्ञा हटाएको छ । प्रहरीले किसानलाई पक्राउ गरेपछि जनमत पार्टीले आन्दोलन थालेपछि लगाइएको निषेधाज्ञा आज हटाइएको छ । आज देखि नै लगाइएको निषेधाज्ञालाई हटाइएको सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिएका छन् ।

प्रजिअ कवारीले जिल्लाको पूर्वमा बलान खोला देखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तर दक्षिण ५ सय मिटर आसपासका क्षेत्रसम्म र चोहर्वा देखि सिरहा सडक खण्डको पि.के.राज इन्टरप्राइजेज(पेट्रोल पम्पसम्म) तथा सो मार्गको ५ सय मिटर पूर्व पश्चिम आसपासका क्षेत्रमा लगाइएको निषेधाज्ञालाई हटाइएको जानकारी दिए ।

औरही गाउँपालिकाले वितरण गर्नका लागि राखेको गहुँको विउ वितरणमा ढिलाई गरेपछि किसानहरुले बिउ लुटेर लगेका थिए । सोही घटनामा प्रहरीले मिथिलेश यादवमाथि मुद्दा दर्ता गरेका थिए । आज जिल्ला अदालत सिरहाले यादवलाई साधारण तारिखमा रिहा गरेको छ ।

269855587_2305986129542914_6089897950360809089_n

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब