सिरहा । सीके राउत नेतृत्वको जनमत पार्टीले आह्वान गरेको बन्दका क्रममा रौटहटमा तीन वटा सवारी साधनमा तोडफोड भएको छ । बन्द उल्लंघन गरेको भन्दै सो पार्टीका कार्यकर्ताले सवारी साधनमा तोडफोड गरेका हुन् । राज्यले किसानको जायज मागलाई बेवास्ता गरेको भन्दै सिरहाबाट सुरु भएको किसान आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै जनमत पार्टीले विभिन्न जिल्लामा बन्द आह्वान गरेको हो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved