नेपालसँग सीमा जोडिएका क्षेत्रलाई भारतले गर्‍यो संवेदनशील क्षेत्र घोषणा

  • पुस २६, २०७८ | ४८८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा ।  भारतको उत्तरप्रदेश सरकारले नेपालसँग सीमा जोडिएका सात जिल्लाका मतदान केन्द्रहरूलाई संवेदनशील घोषणा गरेको छ ।

उत्तर प्रदेशमा हुन लागेको राज्य विधानसभा निर्वाचनको सन्दर्भमा नेपालसँग सीमा जोडिएका जिल्लाहरूलाई संवेदनशील क्षेत्र घोषणा गरेको हो । पिलिभित, महाराजगञ्ज, सिद्धार्थनगर, बहराइच, बलरामपुर, श्रवास्ती र लखिमपुर खिरी क्षेत्रलाई संवेदनशील मानिएको हो ।

उत्तर प्रदेशका कूल ४०३ विधानसभा सिटका लागि सात चरणमा निर्वाचन हुँदैछ । यीमध्ये नेपालसँग सीमा जोडिएका सात जिल्लाका सहित करिब एक चौथाइ क्षेत्रलाई संवेदनशील घोषणा गरिएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

कुनै क्षेत्रलाई संवेदनशील घोषणा गरिनुका विभिन्न कारणहरू हुन्छन् । तीमध्ये राजनीतिक दलहरूबीचको कडा प्रतिस्पर्धा, आपराधिक तत्व, साम्प्रदायिक र जातीगत तनाव, उग्रवाद प्रमुख छन् ।

उत्तरप्रदेशमा पाँच वर्ष अगाडिको विधानसभा चुनावको तुलनामा यस पटक मतदान केन्द्रको संख्यामा करीब दुई प्रतिशतले वृद्धि भएको छ र बुथहरूको संख्या पनि १८.४५ प्रतिशत बढी छ ।

निर्वाचनका लागि ९२ हजार ८२१ मतदान केन्द्र छन् । यी मतदान केन्द्रहरूमा १ लाख ७४ हजार ३५१ बुथ बनाइएको छ ।

भारतीय अधिकारीहरूका अनुसार उत्तर प्रदेशका विभिन्न जिल्लामा अपराध कर्मममा संलग्न २७५ जना र जेलमा बन्द रहेका ८६९ जनाको पहिचान गरिएको छ । उनीहरूले निर्वाचनमा कुनै न कुनै तरिकाले प्रभावित पार्न सक्ने भएकाले उनीहरूमा कडा निगरानी राख्दै सतर्कता अपनाइएको प्रहरीले जनाएको छ ।

गोलबजारमा आज दिनभरका लागि कर्फ्यु खुकुलो बनाइयो

जिल्ला प्रशासन कार्याल सिराहाले आज (आइतवार)  बिहान ...

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन

मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअ ...

संयुक्त हिन्दू मोर्चाले गृहमन्त्री सुदनलाई बुझायो

हिन्दूवादी संघसंगठनहरुले संयुक्त रुपमा बनाएको संयुक्त ह ...

दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को उपाधि

दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । ललि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब