वर्षासँगै चिसो बढ्यो, कहाँ कति पानी पर्‍यो ?

  • माघ २२, २०७८ | ४६० पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । वर्षा र हिमपात भएसँगै देशभर चिसो बढेको छ। वर्षा र हिमपात भएपछि देशभर न्यूनतमसँगै अधिकतम तापक्रम घट्दा चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हिजो डडेलधुराको अधिकतम तापक्रम नै ०.८ डिग्री सेल्सियसमा झरेको छ। त्यहाँको न्यूनतम तापक्रम माइनस ०.६ डिगी सेल्सियस मापन गरिएको छ। हिजो २७ दशमलव ४ मिलिमिटर पानी परेको छ।

यस्तै जुम्लाको अधिकतम तापक्रम २.२ डिग्री र न्यूनतम तापक्रम माइनस १.० डिग्री मापन गरिएको छ। जुम्लामा ५०.७ मिलिमिटर पानी परेको छ। यसैगरी लुम्लेको अधिकतम तापक्रम ६.५ डिग्री सेल्सियस मापन हुँदा न्यूनतम तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको छ।

देशका अधिकाशं स्थानको न्यूनतम तापक्रम १४ डिग्रीभन्दा कम मापन गरिएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हिजो सबैभन्दा धेरै नेपालगन्जमा ६४.८ मिलिमिटर पानी परेको छ।

यस्तै विरेन्द्रनगरमा ५२.२ मिलिमिटर, जुम्लामा ५०.७ मिलिमिटर, दिपायलमा ४८.६ मिलिमिटर र काठमाडौंमा ४१.९ मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ।आज दिउँसो पनि वर्षा र हिमपात हुने भएकाले चिसो अझै बढ्ने मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।

उनका अनुसार बिहीबार रातिदेखि वर्षा र हिमपात गराएको प्रणाली कमजोर हुँदै गएकाले शनिबार बेलुकीदेखि भने पानी र हिउँ पर्न कम हुँदै जाने सम्भावना छ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब