प्युठान जिप दुर्घटनामा ८ जनाको मृत्यु, बेहुला-बेहुली घाइते

  • माघ २२, २०७८ | ४४४ पटक पढिएको | सीमा संदेश
alt

बुटवल । प्युठानमा बेहुली लिएर फर्किंदै गरेको जिप ओखरपाटामा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमध्ये पाँचजना महिला र तीन पुरुष रहेका छन् । गौमुखी गाउँपालिका-६ लिवाङका ३९ वर्षीय  बसन्त खड्का र उनकी ११ वर्षीया छोरी एलिसा खड्काको उपचारको क्रममा मृत्यु भएको हो ।

 सोही ठाउँकी ४० वर्षीया बसन्ती खड्का, २९ वर्षीय केसरी खड्का, ३२ वर्षीय खिमबहादुर खत्री, ५२ वर्षीया नन्दी खड्का,  २२ वर्षीया विपना जिसी र ५० वर्षीय चालक बलबहादुर बुढामगरको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डीएसपी सत्यनारायण थापाले बताए ।

दुर्घटनामा पाँच जना घाइते भएका छन् । घाइते हुनेहरूमा नौबहिनी गाउँपालिका-६ की बेहुली २० वर्षीय रिमा जिसी, सोही ठाउँकी २५ वर्षीय साबित्रा जिसी, गौमुखी गाउँपालिका-६ लिवाङका १७ वर्षीय नरेश खड्का, बेहुला २५ वर्षीय दानबहादुर खड्का र २१ वर्षीया हरि बुढामगर रहेका छन् ।

घाइतेमध्ये बेहुलाबाहेक सबैको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकातर्फ जाँदै गरेको ग१ज ५० ९२ नम्बरको जिप शनिबार बिहान ३ बजे दुर्घटनामा  भएको हो ।

जिप अनियन्त्रित भई सडकबाट झण्डै १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब