मतदाता नामावली संकलन भोलिदेखि बन्द हुने

  • माघ २४, २०७८ | ९०६ पटक पढिएको | सीमा संदेश
alt

सरकारले स्थानीय तहको चुनाव आगामी वैशाख ३० गते गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै निर्वाचन आयोगले भोलिदेखि मतदाता नामावली संकलन गर्न बन्द गर्ने भएको छ।

सेतोपाटीसँग कुराकानी गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगले अब युद्धस्तरमा काम गर्ने बताए।

‘आजै आयोगले निर्वाचनको मिति सरकारलाई सिफारिस गरेको थियो। सोहीअनुसार मिति तोकिएको छ। भोलिबाट हामीले युद्धस्तरमा चुनावको तयारी गर्छौं,’ प्रमुख आयुक्त थपलियाले भने,‘९४ दिनजति बाँकी छ। हामीले समयमै चुनाव गर्न सक्छौं।’

चुनाव भएपछि अन्तिम परिणाम आउन र सपथ लिन समय लाग्ने भएकाले अलि अघि नै आयोगले मिति सिफारिस गरेको हो।

सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै भोलिबाट नयाँ मतदाता नामावली संकलन गर्न बन्द गर्ने थपलियाले बताए।

‘भोलिबाट हामी अन्तिम मतदाता नामावली प्रकाशनको तयारी गर्छौं,’ थपलियाले भने,‘कार्यविधि बनाउने, सामान खरिद गर्नेलगायत कामहरू सुरू गर्छौं।’  

देशभरि एकै चरणमा चुनाव गर्न आयोग सक्षम रहेको थपलियाले बताए।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ३० गते शुक्रबार स्थानीय चुनाव गर्ने निर्णय गरेको थियो।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब