एमसीसी अनुदानबाट नेपालमा के के काम हुन्छ ? हेर्नुस् डिटेल

  • फागुन १६, २०७८ | ७५२ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । निकै लामो रस्साकस्सीपछि अन्ततः नेपालको संसदले एमसीसी परियोजना पारित गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको प्रस्ताव ध्वनिमतका आधारमा पारित भएको हो ।

यो परियोजनामार्फत नेपाललाई ५० करोड अमेरिकी डलर अनुदान सहयोगमा उपलब्ध गराउने छ । यसमा नेपालले १३ करोड अमेरिकी डलर थप गरी ४०० केभी क्षमताको ३ सय १२ किलोमिटर लामो विद्युत् प्रसारण लाइन र तीनवटा उच्च क्षमताका सबस्टेशन निर्माण गर्ने छ ।

यसअन्तर्गत हेटौँडा– रातामाटे– लप्सीफेदी– दमौली– बुटवल ४०० केभी डवल सर्किट प्रसारण लाइन निर्माण हुनेछ । त्यस्तै, न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारणलाइनअन्तर्गत नेपाली भूभागमा पर्ने लाइन निर्माण हुनेछ भने रातमाटे, दमौली र बुटवलमा ३ वटा ४०० केभीका ठूला सबस्टेसन निर्माण हुनेछन् । प्रसारण लाइनअन्तर्गतका आयोजनामा करिब ४० करोड डलर खर्च हुने आँकलन गरिएको छ ।

यस्तै, पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको भालुवाङदेखि शिवखोला ७७ किलोमिटर सडक स्तरोन्नति गरनिे छ । अत्याधुनिक पेभमेन्ट रिसाइकलिङ प्रविधिको प्रयोग गरी पहिलाको पिच खेर नजाने गरी सडक मर्मत गरिनेछ । प्रसारण लाइन आयोजनाबाट २ करोड ३० लाख जनता र सडक स्तरोन्नतिबाट ९ लाख २४ हजार जनता लाभान्वित हुने अपेक्षा गरिएको छ ।

यी परियोजना सम्पन्न गर्न अमेरिकाले दिने भनेको जम्मा ५० करोड अमेरिकी डलर आजको मूल्यमा ६० अर्ब ८ करोड ५० लाख रुपैयाँ हो । यसमा १३ करोड अमेरिकी डलर अर्थात् आजको मूल्यमा १५ अर्ब ६२ करोड २१ लाख रुपैयाँ नेपालले नै लगानी गर्ने छ ।

यसरी यस परियोजना अन्तर्गत ६३ करोड अमेरिकी डलर अर्थात् ७५ अर्ब ७० करोड ७१ लाख रुपैयाँ खर्च हुने देखिन्छ । नेपालमा एमसीसी अनुदान परियोजनाबारे सन् २०१४ देखि नै अध्ययनलगायतका काम एमसीसीले सुरु गरेको थियो । त्यसयता गत चैतसम्ममा एमसीसीको १ अर्ब ६० करोड र नेपालको एक अर्ब ५० करोड रुपैयाँ भन्दा बढी रकम खर्च भइसकेको एमसीए नेपालले बताएको छ ।

परियोजाअन्तर्गत निर्माण गरिने भनिएको ३१५ किलोमिटर प्रसारण लाइनको रेखाङ्कन, टावर बनाउने ठाउँमा किला ठोक्ने काम, वातावरणीय प्रभाव मूल्यांकन (इआईए), टावरको डिजाइन, सबस्टेशनको डिजाइन, टेण्डर डकुमेन्ट निर्माण जस्ता काम सकिएको छ ।

जग्गा अधिग्रहणको काम धेरैजसो सकिएको छ भने लाइनको राइट अफ वे लिने काम अघि भइरहेको छ । लप्सीफेदी, रातामाटे, नवलपरासी र हेटौँडामा सब स्टेशन बनाउन जग्गा अघिग्रहण करिब सकिएको छ । अनुदानबाट हुने भनिएको प्राविधिक सहयोग अन्तर्गत विद्युत् नियमन आयोग र नेपाल विद्युत् प्राधिकरणलाई प्राविधिक सहयोग गर्ने विषयमा एउटा एमओयु भइसकेको छ ।

सडक सुधार आयोजनाअन्तर्गत दाङको भालुबाङदेखि शिवाखोलासम्मको ७७ किलोमिटर सडक निर्माणकाे काम शुरु भएको छ । सडक निर्माण गर्ने ठाउँको गुणस्तर थाहा पाउन डेफेक्टोमिटर मेसिन ल्याइएको छ । उक्त मेसिन प्रयोग र त्यसले गर्ने सडक जाँचबारे सडक विभागका कर्मचारीलाई तालिम समेत दिइएको छ ।

नेपालमा कसरी आयो एमसीसी ?
सन् २०११ मा एमसीसी नेपालमा थ्रेसहोल्ड हेर्न आएको थियो । तर, नेपालमा पूर्वाधार विकासका लागि आवश्यक नीतिनियम, ऐन कानुन तथा लगानीको वातावरण बनिसकेको र थ्रेसहोल्ड आवश्यक नभएको निष्कर्ष एमसीसीले निकाल्यो ।

त्यसपछि नेपाललाई गरिवीनिवारणका लागि अनुदान सहयोग दिन एमसीसी तयार भयो । यसैअनुरुप अर्थमन्त्रालय र मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीएबीच भदौ २०७४ मा एमसीए कम्प्याक्ट सम्झौतामा हस्ताक्षर भएको थियो ।

सम्झौता कार्यान्वयन गर्न विकास समिति ऐनअनुसार २०७५ जेठमा मन्त्रिपरिषद्ले स्वीकृत गरेको गठन आदेशका आधारमा अर्थ मन्त्रालयका सचिवको अध्यक्षतामा एमसिए९नेपाल (बोर्ड) गठन गरिएको थियो । १३ असोज २०७६ मा उक्त एमसीसी कम्प्याक्टअनुसारको कार्यक्रम कार्यान्वयन सम्झौता (पीआईए) भएको थियो ।

२८ असोज २०७६ मा बुटवल–गोरखपुर ४०० केभी प्रसारण लाइन बनाउन नेपाल(भारत सहमति भयो । २ मंसिरमा काठमाडौंमा र २७ र २८ मंसिरमा नयाँदिल्लीमा परियोजना निर्माणका लागि आह्वान गरीने विश्वव्यापी टेण्डरमा उत्कृष्ट कम्पनीहरुको सहभागिता सुनिश्चित गर्न ‘आउटरिच’ कार्यक्रम आयोजना भयो । २०७६ मंसिरमा एमसीएले प्रसारण लाइन आयोजनाबाट प्रभावित हुने १० जिल्लाका ३० वटा स्थानीय तहमा वातावरणीय प्रभाव मूल्यांकनसम्बन्धी सार्वजनिक सुनुवाई गरिसकेको छ ।

एमसीसीले २० वटा छनोट सूचकका आधारमा विश्वका २४ देशमा गरिबी न्यूनीकरणका लागि अनुदान कार्यक्रम सुरु गरेको छ । यी मध्ये १७ देशमा एमसीए कार्यक्रम सञ्चालनमा आइसकेको छ । नेपालले विश्वव्यापी रुपमा प्रतिस्पर्धा गरी एमसीसीको मापदण्ड पूरा गरेपछि उक्त अनुदान सहायता प्राप्त गरेको हो ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब