दीपिका पादुकोणले १८ वर्षको उमेरमा अस्वीकार गरेको त्यो सल्लाह

  • फागुन १७, २०७८ | ७०१ पटक पढिएको | सीमा संदेश
alt

बलिउड अभिनेत्री दीपिका पादुुकोणले आफूलाई १८ वर्षको उमेरमा स्तनको शल्यक्रिया गर्न सुझाव आएको खुलासा गरेकी छन् । तर आफूले त्यो सुझावलाई अस्वीकार गरेको उनको भनाइ छ । 

हालैको एक अन्तर्वार्तामा आफूलाई आएको सो सल्लाहबारे उनले भनेकी छिन्,  ‘मलाई १८ वर्षको हुँदा सबैभन्दा नराम्रो सल्लाह मिलेको थियो । उक्त समयमा कसैले मलाई स्तन इम्प्लान्ट गर्नका लागि भनेका थिए । तर सो सल्लाहलाई मैले गम्भीरताका साथ लिइनँ ।’

तर यहीबीचमा सबैभन्दा राम्रो सल्लाह शाहरुख खानबाट मिलेको उनले बताएकी छन् । खानबाट धेरै कुरा सिक्ने अवसर पनि प्राप्त भएको उनले बताइन् । 

२००७ मा दीपिकाले फराह खानको फिल्म ओम शान्ति ओमबाट बलिउडमा आफ्नो करियर सुरु गरेकी थिइन् । यो फिल्ममा दीपिकासँग शाहरुख खान र अर्जुन रामपाल पनि थिए । यो फिल्म गर्दाको समयमा उनी २१ वर्षकी थिइन् । पछि उनले कयौ फिल्ममा काम गरिन् । जसमध्ये ‘ये जवानी हे दिवानी, चेन्नई एक्सप्रेस, ह्याप्पी न्यूू इयर, बाजीराव मस्तानी, पद्यावत लगायत हिट भए । पछिल्लो पटक उनी गेहराइयामा देखिएकी छन् । 

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब