शिवरात्रिमा झण्डै १७ लाख भक्तजनले पशुपतिनाथकाे दर्शन गरे

  • फागुन १८, २०७८ | ७४६ पटक पढिएको | सीमा संदेश
alt

काठमाण्डाै । शिवरात्रिको दिन हिजो झण्डै १७ लाख भक्तजनले पशुपतिनाथ मन्दिरको दर्शन गरेका अनुमान् गरिएको छ । हिजो बिहान तीन बजेदेखि राति बेरसम्म पशुपतिमा भक्तजनको भीड लागेको थियो ।

यस वर्ष मन्दिर दर्शनको लागि सहज भएको भक्तजनले प्रतिक्रिया दिएका छन् । मेला व्यवस्थापनका लागि पाँच हजार स्वयम्सेवक खटाइएको थियो  । पशुपतिमा आज पनि शिवरात्रिसँगै जोडिएका विभिन्न पूजा हुनेछन् । यस्तै, हिजो संकलन भएको भेटी गणना लगायतका व्यवस्थापकीय काम भने दिउँसो १२ बजेपछि शुरु हुने पशुपति क्षेत्र विकास कोषका सदस्य एवम् मेला व्यवस्थापन समितिका संयोजक पूर्ण संगम जेठाराले जानकारी दिनुभयो ।

यस्तै, पशुपति क्षेत्रमा आज बिहानैदेखि सरसफाइको काम सुरु भएको छ । शिवरात्रिका लागि राखिएका सरसजावटका सामग्री व्यवस्थापन तथा सरसफाईको काम शुरु गरिएको उहाँले बताउनुभयो । पशुपति क्षेत्रमा फूल–माला तथा बत्तीले सजाइएको छ । यस्तै स्वागतद्वार लगायत अरु अस्थायी संचरनाहरु पनि बनाइएका छन् । यो वर्ष शिवरात्रिको अवसरमा पशुपति क्षेत्र निकै झकिझकाउ बनाइएको थियो ।

यसैबीच, शिवरात्रिका लागि पशुपति आएका साधुसन्तको बिदाइको तयारी पनि थालिएको छ । भोलि बेलुका वा पर्सि बिहानसम्म उनिहरुको बिदाइ गर्ने गरी काम भइरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।  यस वर्ष पशुपतिमा झण्डै ११ हजार साधु सन्त आएका छन् । झण्डै ५० हजार साधुसन्त आउने अनुमान् गरिएकोमा कोरोना महामारीका कारण संख्या घटेको हुनसक्ने कोषले जनाएको छ । साधुसन्तलाई वर्गीकरण गरि गुठीले दक्षिणासहित बिदाइ गर्ने र त्यसमा कोषले रकम थपेर सम्मानसहित बिदाइ गर्ने चलन छ 

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब